सुलीकोट। उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँका लागि छुटेको बस नौबिसे – नागढुङ्गा सडक अन्र्तगत झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा बसभित्र ५ जनाको शव फेला परेको छ। चालक दलका तीनसहित र दुई यात्रुको शव भेटिएको गोरखा दरौदी यातायात कम्पनी सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए।
शुक्रबार बिहान गोरखाको लापुबेशीबाट काठमाडौंको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस भित्र बस चालक तथा साहु मदन परियारको शव पहिचान भएको हो। चालक तथा साहु भिमसेन थापा गाउँपालिका – ४ धावाका स्थायी बासिन्दा हुन्। साथै सहचालक बिनय भट्टराई र गण्डकी गाउँपालिका – ४ फुजेलका नबराज तिवारीको शव फेला परेको अध्यक्ष खत्रीले बताए।
बसमा सबार दुई जना यात्रु मध्ये एक जना धार्चे गाउँपालिका – ७ खानीगाउँका २७ वर्षीय सुकबहादुर गुरुङ रहेको ७ का वडा अध्यक्ष राकेश गुरुङले पुष्टि गर्नुभयो। अर्का यात्रु सुकबहादुर गुरुङको सम्र्पकमा मुग्लिङबाट बसमा चढेकाले उनको पहिचान भने नखुलेको वडा अध्यक्ष गुरुङको भनाइ छ।
गत शुक्रबार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि चार जना यात्रु लिएर छुटेको बस आइतबारसम्म सम्पर्क बिहीन थियो। झ्याप्लेखोलामा नेपाली सेना, नेपाली प्रहरी र स्थानियजनप्रतिनिधि सहितको टोलीले खोजी कार्यलाई तीव्रता दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...



प्रतिकृया लेख्नुहोस्: