Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

सप्तकोशीको टापुमा फसेकाहरूको उद्धार भएन

खबरडबली संवाददाता

वराहक्षेत्र । सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन । 

सुनसरीको वराहक्षेत्र नगरपालिका–६ चिलैया टापुमा गोठ राखेर बसेका पशुपालक कृषकहरू सप्तकोसी नदीको बिच भँगालोमा फसेपछि अहिले उद्धारको प्रयास बिहानदेखि भए पनि उद्धार हुन सकेको छैन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि नदीमा पानीको तीव्र वेगसँगै बगेर आएको काठ, दाउरा, ढुङ्गाका कारण पानी बोट, डुङ्गा जान नसक्दा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । 

हेलिकप्टर मगाइए पनि प्रतिकूल मौसमका कारण ल्याउन कठिनाइ भइरहेको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिए । उद्धारका लागि हेलिकप्टर ल्याइने प्रयास भने जारी रहेको उनले बताए। 

नदीमा यो वर्षकै उच्च बाढी आएपछि नदीको टापुमा फसेकाहरूलाई उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नदीको बिचटापुमा फसेका १८ जनाको सङ्ख्यामा रहेका मानिसलाई उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टरबाट उद्धार गर्ने भनिए पनि हेलिकप्टर आउन नसक्दा फसेकाहरूको उद्धार गर्न कठिन भइरहेको जनाइएको छ । 

वराहक्षेत्र ६ को ठाकुरबारी क्षेत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका उच्च अधिकारी उद्धारका लागि पुगेको छन् । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण कोसी नदीमा पानीको बहाव उच्च हुँदै गइरहेको छ । श्रीलङ्का टापु क्षेत्रमा समेत नदीले कटान गरिरहेको टापुका बद्री राईले  बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङको पहिरोले सडक र विद्युत अवरुद्ध

ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...

देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला

तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending