काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।
इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप लागेको थियो । इवाओ हाकामाडालाई करिब ४५ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएको थियो तर विभिन्न कारणले उनको मृत्युदण्डको फैसला स्थगित हुँदै आएको थियो । यस्तो अवस्थामा सन् २०१४ मा इवाओ हाकामाडाको नाम सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगिरहेका कैदीको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो ।
जापानको सिजुओका जिल्ला अदालतले इवाओ हाकामाडालाई सफाइ दिएको छ । इवाओ हाकामाडालाई अब उनकी बहिनीले हेरचाह गर्ने बताइएको छ । अदालतको आदेशप्रति खुशी व्यक्त गर्दै इवाओ हकामाडीकी बहिनी हिडेको हाकामाडाले भनिन्, 'अदालतको आदेश टिभीमा सुनेपछि म निकै भावुक भएँ र आँखाबाट आँसु बगिरह्यो । वास्तवमा, इवाओलाई मृत्युदण्डको सजाय सुनाइएको प्रमाणमा शंकाका कारण इवाओ हकामाडाको मुद्दाको सुनुवाइ २०१४ मा फेरि सुरु भएको थियो ।
इवाओ हाकामाडा एक पूर्व मुक्केबाज हुन् र उनको पूर्व हाकिम र उनको परिवारलाई छुरा प्रहार गरी हत्या गरेको र उनीहरूको घर जलाएको आरोप लगाइएको थियो । मुद्दाको सुनुवाइका क्रममा इवाओ हकामाडाले आफ्नो अपराध स्वीकार गरेका थिए तर पछि इवाओले आफ्नो बयान फिर्ता लिएका थिए र प्रहरीको दबाबमा बयान दिएको आरोप लगाएका थिए ।
इवाओलाई सन् १९६८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो र सन् १९८० मा जापानको सर्वोच्च अदालतले पनि इवाओको मृत्युदण्डलाई कायम राखेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: