सुलीकोट। गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकरी दिए।
उनका अनुसार साउन १ गतेदेखि असोज १० गते बिहीबारसम्म जिल्लाको गोरखा नगरपालिाकामा ५ सय ८३ जना, पालुङटार नगरपालिकामा ५६ जना, आरुघाट गाउँपालिकामा ६२ जना, मिमसेन थापा गाउँपालिकामा दुई जना, सहिदलखन गाउँपालिकामा १२ जना, अजिरकोट गाउँपालिकामा तीन जना, बारपाक सुलिकोट तीन जना र गण्डकी गाउँपालिकामा १० जना, चुमनुब्री गाउँपालिकामा दुई जनामा डेंगु सङ्क्रमण देखिएको उनले बताए ।
यस्तैगरी, ७० दिनको अवधिमा गोरखामा तीन सय ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जसमा गोरखा नगरपालिकामा एक सय ५५ जना, आरुघाट गाउँपालिकामाम एक सय ४३ जना, पालुङटार नगरपालिकामा ५६ जना, सिरानचोक गाउँपालिकामा आठ जना, भिमसेन थापा गाउँपालिकामा आठ जना र शहिद लखन गाउँपालिकामा तीन जना स्क्रब टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए।
यस वर्ष साउन महिनाको सुरुदेखि नै गोरखामा डेंगु सङ्क्रमण अत्यधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जतातौ पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।
डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिमिरा आउने, मांसपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा अहिले ११ वटै पालिकाहरुले डेंगु रोगसम्बन्धी सचेतना गर्दै जिल्लाका ९४ वडामा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दा समेत झनै बढ्दै गइरहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: