Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

दसैँ अगाडि सबै सडकलाई खाल्टाखुल्टी पुरिसक्छौंः भौतिकमन्त्री

खबरडबली संवाददाता

ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकलाई एक साताभित्र खाल्टाखुल्टी रहित बनाइसक्ने दाबी उनले गरे ।

उनले अहिले देशभरि करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी गराए। चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भनेर दसैँ अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको मन्त्री दाहालले बताए।

‘‘दसैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिएको छ । चाडपर्वमा सवारी आवागमन चाप बढ्ने भएकाले सडकलाई खाल्टाखुल्टी रहित बनाउन लक्षित गरी काम गरिरहेका छौँ । त्यसमा हाम्रो जिम्मामा रहेका जति पनि सडकहरू छन् त्यसको मर्मत सम्भार पहिलो प्राथमिकता राखेका छौँ ।,’’ उनले भने  ‘‘निर्माणाधीन सडकहरूको सन्दर्भमा ठेक्का पाएका निर्माण कम्पनीलाई बाटो सहज बनाउन निर्देशनसमेत गरिएको छ । त्यसमा सञ्चारकर्मीले पनि सकारात्मक कोणबाट सडकको अवस्थाबारे औँल्याएदिए सहयोग पुग्ने छ ।’’

आयोजित पत्रकार सम्मेलनमा मधेशको प्रसङ्ग जोड्दै मन्त्री दाहालले मधेश समृद्ध नहुञ्जेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । देशको समृद्धि मधेशसँग जोडिएका बताउनुहुँदै उनले भने, “मधेशमा ठुलो सङ्ख्यामा जनताको बसोबास छ । यहाँको जनताको समृद्धि नै नेपालको समृद्धि जोडिएको विषय हो । त्यस कारण मधेशलाई व्यवस्थित बनाउनका लागि थुप्रै योजनाका कामहरू भइरहेको छ ।’’ हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको उनको भनाइ छ ।

रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समस्यादेखि देखिएको उल्लेख गर्दै उनले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समस्या समाधानका उपाय खोजिने उनले बताए। यहाँ भौतिक पूर्वाधारका क्षेत्रमा भएका तथा हुन लागेका कामहरूको सन्दर्भमा के कस्तो भइरहेको छ भनेर त्यसको अध्ययनका लागि मधेश भ्रमणको सुरु यहीँबाट सुरु गरिएको उनले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अध्यक्ष ओली–लेखकको पाँच दिन म्याद थपियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...

निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल

रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending