Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन- अध्यक्षमा आकांक्षीको लर्को, सहमति नभए निर्वाचन

सम्मेलनको प्रचण्डले उद्घाटन गर्ने, दुई हजार ३२३ प्रतिनिधि सहभागी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।  

आज दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलन उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको केन्द्रीय कार्यालय प्रमुख तथा उपाध्यक्ष केशव रावलले बताए । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्। 

असोज १४ गतेसम्म सञ्चालन हुने नेतृत्व चयनको सम्मेलनमा अध्यक्ष पदका लागि दर्जन बढी आकांक्षी देखिएका छन्। 

अध्यक्षको आकाङ्क्षीमा नरेश रेग्मी, पवन कार्की, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, इन्द्र भुसाल, नारायण खनाल, प्रविणा अधिकारी, क्षितिज सापकोटालगायत रहेका छन् ।

असोज ११ गते बन्दसत्रमा पेस भएको विधान तथा प्रतिवेदन संशोधनसहित पारित भएपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

नेतृत्वको छनोट सकेसम्म सर्वसम्म नभए खुला निर्वाचन प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने सङ्गठनका इन्चार्ज हिमाल शर्माले बताए ।

३३ पदाधिकारीसहित २४३ केन्द्रीय समितिका लागि निर्वाचन हुनेछ । भेगीय सन्तुलन र समावेशी मिलाएर एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी चयन गरी असोज १४ गते सम्मेलन सम्पन्न हुने रावलले बताए ।  

सम्मेलनमा देशभरिबाट दुई हजार  ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् । 

पदका अर्का प्रत्याशी हालका उपाध्यक्ष पवन कार्कीले विद्यार्थी आन्दोलनप्रति प्रश्न उठिरहेका बेला आन्दोलनको पुनर्जीवन एवम् साङ्गठनिक संरचना पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बतए । 

उनले भने, “विद्यार्थी एकातिर, हाम्रो सङ्गठन अर्कोतिर हुने परिस्थिति बनेको छ । विद्यार्थीको आकर्षण नहुने देखिएको छ । जहाँ विद्यार्थी त्यहाँ अखिल–क्रान्तिकारी को सङ्गठन निर्माण गर्ने गरी संरचना परिवर्तन गर्नुपर्छ ।”

उनले विधि स्थापित गर्ने कुरामा जोड दिँदै संस्थागत निर्णयलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए ।  नेतृत्व चयनमा सहमति प्रयास हुनसक्ने तर, आकाङ्क्षी धेरै भएकाले निर्वाचन हुने सम्भावना बढी रहेको बताए । 

उनले थपे, “१८ जना उपाध्यक्ष र एक महासचिव हुनुहुन्छ । त्यो १९ जना साथीहरूको अध्यक्षमा दाबी गर्ने कुरा स्वाभाविक नै मानिन्छ । दोस्रो कुरा सहमतिको प्रयास, प्रयत्न नहुने भन्ने होइन । कसैलाई न्याय र कसैलाई अन्याय हुने गरी सहमति मान्दैनौँ । केन्द्रीय समितिबाट कार्यविधि बनाएका छौँ, यसलाई लागु गरेर अगाडि बढ्ने भनेका छौँ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending