Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवास महाराजगञ्जमा आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गरेका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले बर्दियाका कवि अग्र आवाजको कविता 'माटोको उडान', मकवानपुरका कवि अनिता न्यौपानेको कविता 'अचेल कहाँ हराइरहेका छन्- बच्चाहरू ?', नवलपरासीका कवि अन्जान प्रदीपको कविता 'फूलको पोस्टमार्टम', दाङका कवि छविलाल कोपिलाको थारुभाषाको कविता 'पस्नक बास', रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता 'मासन्सिउ छकाल्य', मोरङका कवि रुमानी कुलुङको कविता 'आमाको अनुहार', सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता बगरला दुङाल, सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता 'अर्दु युम प्योक', ललितपुरका कवि शर्मिला दुलालको कविता 'बग्नु एक नियति' र पाँचथरका कवि सुमन सहयात्री योङहाङको 'कविता बिर्सिजानेहरू' शीर्षकका उत्कृष्ट घोषित १० जना कविहरूलाई जनही रू ३० हजार (अक्षेरुपी तिस हजार) र प्रमाणप पत्र प्रदान गरेकका थिए ।
यस अवसरमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले कविता ज्ञान ,अनुभव र अनुभूतिको भण्डारण भएकाले विचार निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताए । राष्ट्रपति पौडेलले २०२२ सालबाट सुरु भएको राष्ट्रिय कविता महोत्सवमा प्रत्येक वर्ष प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गर्ने प्रतियोगितात्मक स्वरूपलाई परिवर्तन गरेर समावेशी र सहभागितामूलक बनाउँदै विभिन्न मातृभाषाका कवितालाई समेटेर दस कविका उत्कृष्ट दश कवितालाई समान ढङ्गले पुरस्कृत गर्नु भनेको सबै भाषाभाषीको आत्मसम्मानमा बढावा पुगेको बताएका थिए  ।

राष्ट्रपति पौडेललाई नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक उपहार प्रदान गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending