Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

खबरडबली संवाददाता

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको रु तीन करोड भुक्तानी पाएको छैन ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्वास्थ्य बिमा बोर्डले दश महिनादेखि रु दुई करोड ७५ लाख भुक्तानी नगर्दा अन्य सेवासहित चिकित्सक, स्वास्थ्यकर्मीलाई तलब खुवाउन र व्यवस्थापकीय काम प्रभावित भएको बताए ।

“बोर्डले बिमित बिरामीको औषधि उपचारबापतको रकम समयमा भुक्तानी नगर्दा खर्च धान्न मुस्किल हुन थालेको छ”, उनले भने, “रकम अभावका कारण अस्पतालको सेवा प्रभावित बन्दै गएको हो ।”

स्वास्थ्य बिमा गरेका बिरामीको औषधि उपचार गरेबापत बोर्डले उक्त रकम सम्बन्धित अस्पताललाई भुक्तानी गर्नुपर्ने प्रावधान छ । व्यवस्थापन समितिको कोषबाट १० महिनासम्म बजेट व्यवस्थापन गरिँदै आइएको सेवेदीले बताए । उनका अनुसार गत वर्ष रु तीन करोड मौज्दात रहेको समितिको खाता अहिले रित्तिने अवस्थामा पुगेको छ ।

बिमा बोर्डले भुक्तानीमा ढिलाइ गर्दा औषधि खरिद, व्यवस्थापन समितिअन्तगर्तका चिकित्सक, स्वास्थ्यकर्मीको तलब, भत्ता उपलब्ध गराउन बजेट अभाव भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डन डा अञ्जु थापाले बताइन् ।

म्याग्दीका १३ हजार तीन सय ६२ परिवार स्वास्थ्य बिमामा आवद्ध छन् । विसं २०७३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । दरवाङ आधारभूत अस्पताल र बेनी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका छन् ।

सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए भन्दै उक्त रकम बर्सेनि भुक्तानी लिन भने समस्या हुने गरेको अस्पतालका प्रमुख थापाले बताइन्।

जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका प्रमुख उपेन्द्र बरालले बेनी अस्पतालको समस्याका विषयमा केन्द्रिय कार्यालयमा जानकारी गराइएको जानकारी दिए ।

एक परिवारका लागि रु तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाख बराबरको बिमा रकम भुक्तानी दिने गर्दछ ।

पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रतिसदस्य थप रु सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम् रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending