काठमाडाैं । गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीत साधक नरहरि आईस्माका सङ्गीत गुरु हुन् । गुरु नरहरिकै शब्द/सङ्गीत रहेको सो गीत आईस्माको जीवनकै पहिलो गीत हो ।
लोक शैलीमा पप आधुनिकखाले यस गीतमा आईस्माको स्वर निकै जमेको देखिन्छ । हुन त अत्यन्तै खारिएका कुशल गायक नरहरि प्रेमीसँग युगल गायन गर्नु आईस्माको लागि निकै चुनौतिको कुरा हो, तर पनि उनले आफ्नो तर्फबाट भरपुर प्रयास गरेकी छिन् । गुरुको राम्रो निर्देशनले होला उनी नयाँ गायिका भए पनि गीत सुन्दा नयाँ जस्तो कत्ति पनि भान हुँदैन ।
गीतमा सङ्गीत संयोजकको भूमिका सञ्जय हमालले निभाएका छन् । वरिष्ठ सङ्गीतकर्मीहरुको वरिष्ठत़ा गीतका वाद्यवादनहरुको सललल बगेको सुमधुर सुरम्यताबाट प्रष्ट झल्केको महसुस गर्न सकिन्छ । हुन त गोविन्द सोनीको मिक्सिङ र माष्टरिङको कुशलताले पनि सुनमा सुगन्ध थपेको हुन सक्छ । रेकर्डिस्ट अजय देव अधिकारीको रेकर्डिङ् रहेको ‘तिमी नै हौ सास मेरो’ गीत A Level स्टुडियोमा रेकर्ड गरिएको हो । सरल खालको भिडिओ भएता पनि आफ्नो सम्पादन कलाले सिंगार पटार गरेर सुन्दर बनाउने कार्य गरेका छन् राजकुमारले । श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको यो म्युजिक भिडिओ NARAHARI PREMEE युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
नरहरि प्रेमी आफैंमा अत्यन्तै कुशल सर्जक तथा गायक हुन् । उनको बहुआयामिकता यो गीतमा प्रष्टसँग झल्किएको छ । झट्ट सुन्दा सरल र सजिलो जस्तो लागेता पनि गीतमा विविधता पनि उत्तिकै छ र यसको बाबजुद पनि गीत मज्जासँग बगेको छ । अझ भनौं सुन्न थालेदेखि नसकिंदासम्म सुनिरहुँ लाग्ने बनेको छ गीत ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: