Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नरहरि प्रेमी र आइस्मा मगरको ' तिमी नै हौ सास मेरो ' सार्वजनिक

खबरडबली संवाददाता

काठमाडाैं ।  गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीत साधक नरहरि आईस्माका सङ्गीत गुरु हुन् । गुरु नरहरिकै शब्द/सङ्गीत रहेको सो गीत आईस्माको जीवनकै पहिलो गीत हो ।

लोक शैलीमा पप आधुनिकखाले यस गीतमा आईस्माको स्वर निकै जमेको देखिन्छ । हुन त अत्यन्तै खारिएका कुशल गायक नरहरि प्रेमीसँग युगल गायन गर्नु आईस्माको लागि निकै चुनौतिको कुरा हो, तर पनि उनले आफ्नो तर्फबाट भरपुर प्रयास गरेकी छिन् । गुरुको राम्रो निर्देशनले होला उनी नयाँ गायिका भए पनि गीत सुन्दा नयाँ जस्तो कत्ति पनि भान हुँदैन ।

गीतमा सङ्गीत संयोजकको भूमिका सञ्जय हमालले निभाएका छन् । वरिष्ठ सङ्गीतकर्मीहरुको वरिष्ठत़ा गीतका वाद्यवादनहरुको सललल बगेको सुमधुर सुरम्यताबाट प्रष्ट झल्केको महसुस गर्न सकिन्छ । हुन त गोविन्द सोनीको मिक्सिङ र माष्टरिङको कुशलताले पनि सुनमा सुगन्ध थपेको हुन सक्छ । रेकर्डिस्ट अजय देव अधिकारीको रेकर्डिङ् रहेको ‘तिमी नै हौ सास मेरो’ गीत A Level स्टुडियोमा रेकर्ड गरिएको हो । सरल खालको भिडिओ भएता पनि आफ्नो सम्पादन कलाले सिंगार पटार गरेर सुन्दर बनाउने कार्य गरेका छन् राजकुमारले । श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको यो म्युजिक भिडिओ NARAHARI PREMEE युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ  ।

नरहरि प्रेमी आफैंमा अत्यन्तै कुशल सर्जक तथा गायक हुन् । उनको बहुआयामिकता यो गीतमा प्रष्टसँग झल्किएको छ । झट्ट सुन्दा सरल र सजिलो जस्तो लागेता पनि गीतमा विविधता पनि उत्तिकै छ र यसको बाबजुद पनि गीत मज्जासँग बगेको छ । अझ भनौं सुन्न थालेदेखि नसकिंदासम्म सुनिरहुँ लाग्ने बनेको छ गीत ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending