Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मधेशमा खानेपानी र शौचालयको समस्या

खबरडबली संवाददाता

बर्दिबास। मधेश प्रदेशका उर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मुलुकमै सर्वाधिक जनसङ्ख्याको बसोबास रहेको मधेश प्रदेशको खानेपानी तथा स्वच्छताको अवस्था अत्यन्तै दयनीय रहेको बताएको छन् । उनले प्रदेशमा भयावह बन्दै गएको यो अवस्था दिगो विकासको लक्ष्य प्राप्त गर्ने अभियानका लागि बाधक बनेको जनाए । 

मन्त्री यादवले युनिसेफ नेपाल र एसएनभी नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयले आज बर्दीबासमा आयोजना गरेको ‘खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी योजना निर्माण ९वास प्लान डेभलप्मेन्ट० गोष्ठी’ लाई संम्बोधन गर्दै सो कुरा बताएको हो । 

मन्त्री यादवले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क उद्धृत गर्दै मधेश प्रदेशमा खानेपानीदेखि शौचालयसम्मको अवस्था अत्यन्तै दयनीय रहेको जनाए । तथ्याङ्कअनुसार मधेश प्रदेशमा अहिले पनि ७२९ घरपरिवार नदीनाला, करिब २२ हजार परिवार कुवाइनार र ८४ हजार परिवार छिमेक र सार्वजनिक धारामा पानीका लागि पालो पर्खन बाध्य छन् । यसमध्ये सप्तरीको डाक्नेश्वरी, सिरहाको लहान, गणेशमान चारनाथ नगरपालिका र जनकपुर उपमहानगरपालिकासमेत गरि ४४३ घरधुरी कुवा, ईनार र नदीनालाको असुरक्षित पानी खान बाध्य छन् । 

अर्कोतर्फ मुलुक खुला दिसामुक्त घोषणा भएको आधा दशक विति सक्यो तर मधेश प्रदेशका १ लाख ३९ हजार २१० घरपरिवार अहिले पनि शौचालयविहीन अवस्थामा छन् । परिस्थिती कतिसम्म दयनीय छ भने सीताको जन्मस्थली र मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लामै २२ हजार परिवार खुलामा शौच गर्न बाध्य रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ूतथ्याङ्कले देखाएको मधेश प्रदेशको यो दारुण परिवेश जति सोचनीय छ यसमा सुधार र परिवर्तनको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ ।  यो चुनौतिको सामना गर्न गोष्ठीमा सहभागी स्थानीय तहका तपाई प्रमुखहरुले प्रभावकारी ‘वास प्लान’ बनाएर योजनावद्ध ढंगमा अघि बढन आग्रह गर्दछु ।ू 

मन्त्री यादवले दिगो विकासको लक्ष्य अनुसार सवै नागरिकलाई सन २०३० सम्म खानेपानीमा पूर्ण पहुँच बनाउने प्रतिवद्धतासाथ नेपालले जेनेभा सम्मेलनमा हस्ताक्षर गरि सकेकोले यो लक्ष्य पुरा गर्न स्थानीय तह थप गंभिर हुनु पर्ने आवश्यकता औँल्याए। उनले खानेपानी, सरसफाई र शौचालयप्रति जनतालाई जिम्मेवार वनाउन आवश्यक परेको खण्डमा ‘वास कार्ड’ लागु गर्न पनि सुझाव दिए । 

उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारीको अध्यक्षतामा आयोजित गोष्ठिमा सहभागी २५ पालिकाहरुले आउँदो फागुन मसान्तसम्म वास प्लान तयार गरि सक्ने प्रतिवद्धता जाहेर गरेका थिए । यसका लागि सम्बन्धीत मन्त्रालय, खानेपानी ढल व्यवस्थापन विभाग एवं साझेदार संस्थाहरुले कार्ययोजना अनुरुप आर्थिक एवं प्राविधक सहयोग गर्दै आएको जनाएका छन् । 

साझेदार संस्था युनिसेफकी खानेपानी सरसफाई तथा स्वच्छता अधिकृत ९वास अफिसर० अन्नपूर्ण मिश्राले मधेश प्रदेशका १३६ पालिकामध्ये यसअघि नै युनिसेफको सहयोगमा अधिकाशंमा वास प्लान बनिसकेको, केहीमा अन्तिम चरणमा पुगेको र बाँकी रहेका २५ स्थानीय तहलाई पनि युनिसेफ लगाएतका साझेदार संस्थाहरुको सहयोग र सहकार्यमा वास प्लान वनाउन आजको गोष्ठी आयोजना गरिएको बताए । 

गोष्ठीमा सहभागी पालिका प्रमुख, उपप्रमुखहरुले नीतिगत अन्यौलता, श्रोतसाधनको कमी, आर्थिक सामाजिक कारण, घट्दो जल सतह र प्रशासनिक असहयोग लगायतका समस्याले खानेपानी, सरसफाई तथा स्वच्छता ९वास प्लान० जस्तो आधारभूत कार्यक्रमलाई योजनावद्धढंगमा अघि बढाउन अनेकन चुनौतिको सामना गर्नुपर्ने बताएको थिए।  

गोष्ठीमा राष्ट्रिय सूचना व्यवस्थापन आयोजन शाखा प्रमुख डा रजित ओझा, युनिसेफका बोधनारायण श्रेष्ठ, वास विशेषज्ञ डन्डीराम विश्वकर्मा, शिक्षा विकाश निर्देशनालयका उप सचिव किशोरी कापरले वास प्लानको प्राविधिक पक्षबारे जानकारी गराउनुका साथै यसको महत्व, प्रभाव र कार्यान्वयन लगाएतका विषयमा सहजीकरण गरेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending