Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

मधेशमा खानेपानी र शौचालयको समस्या

खबरडबली संवाददाता

बर्दिबास। मधेश प्रदेशका उर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मुलुकमै सर्वाधिक जनसङ्ख्याको बसोबास रहेको मधेश प्रदेशको खानेपानी तथा स्वच्छताको अवस्था अत्यन्तै दयनीय रहेको बताएको छन् । उनले प्रदेशमा भयावह बन्दै गएको यो अवस्था दिगो विकासको लक्ष्य प्राप्त गर्ने अभियानका लागि बाधक बनेको जनाए । 

मन्त्री यादवले युनिसेफ नेपाल र एसएनभी नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयले आज बर्दीबासमा आयोजना गरेको ‘खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी योजना निर्माण ९वास प्लान डेभलप्मेन्ट० गोष्ठी’ लाई संम्बोधन गर्दै सो कुरा बताएको हो । 

मन्त्री यादवले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क उद्धृत गर्दै मधेश प्रदेशमा खानेपानीदेखि शौचालयसम्मको अवस्था अत्यन्तै दयनीय रहेको जनाए । तथ्याङ्कअनुसार मधेश प्रदेशमा अहिले पनि ७२९ घरपरिवार नदीनाला, करिब २२ हजार परिवार कुवाइनार र ८४ हजार परिवार छिमेक र सार्वजनिक धारामा पानीका लागि पालो पर्खन बाध्य छन् । यसमध्ये सप्तरीको डाक्नेश्वरी, सिरहाको लहान, गणेशमान चारनाथ नगरपालिका र जनकपुर उपमहानगरपालिकासमेत गरि ४४३ घरधुरी कुवा, ईनार र नदीनालाको असुरक्षित पानी खान बाध्य छन् । 

अर्कोतर्फ मुलुक खुला दिसामुक्त घोषणा भएको आधा दशक विति सक्यो तर मधेश प्रदेशका १ लाख ३९ हजार २१० घरपरिवार अहिले पनि शौचालयविहीन अवस्थामा छन् । परिस्थिती कतिसम्म दयनीय छ भने सीताको जन्मस्थली र मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लामै २२ हजार परिवार खुलामा शौच गर्न बाध्य रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ूतथ्याङ्कले देखाएको मधेश प्रदेशको यो दारुण परिवेश जति सोचनीय छ यसमा सुधार र परिवर्तनको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ ।  यो चुनौतिको सामना गर्न गोष्ठीमा सहभागी स्थानीय तहका तपाई प्रमुखहरुले प्रभावकारी ‘वास प्लान’ बनाएर योजनावद्ध ढंगमा अघि बढन आग्रह गर्दछु ।ू 

मन्त्री यादवले दिगो विकासको लक्ष्य अनुसार सवै नागरिकलाई सन २०३० सम्म खानेपानीमा पूर्ण पहुँच बनाउने प्रतिवद्धतासाथ नेपालले जेनेभा सम्मेलनमा हस्ताक्षर गरि सकेकोले यो लक्ष्य पुरा गर्न स्थानीय तह थप गंभिर हुनु पर्ने आवश्यकता औँल्याए। उनले खानेपानी, सरसफाई र शौचालयप्रति जनतालाई जिम्मेवार वनाउन आवश्यक परेको खण्डमा ‘वास कार्ड’ लागु गर्न पनि सुझाव दिए । 

उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारीको अध्यक्षतामा आयोजित गोष्ठिमा सहभागी २५ पालिकाहरुले आउँदो फागुन मसान्तसम्म वास प्लान तयार गरि सक्ने प्रतिवद्धता जाहेर गरेका थिए । यसका लागि सम्बन्धीत मन्त्रालय, खानेपानी ढल व्यवस्थापन विभाग एवं साझेदार संस्थाहरुले कार्ययोजना अनुरुप आर्थिक एवं प्राविधक सहयोग गर्दै आएको जनाएका छन् । 

साझेदार संस्था युनिसेफकी खानेपानी सरसफाई तथा स्वच्छता अधिकृत ९वास अफिसर० अन्नपूर्ण मिश्राले मधेश प्रदेशका १३६ पालिकामध्ये यसअघि नै युनिसेफको सहयोगमा अधिकाशंमा वास प्लान बनिसकेको, केहीमा अन्तिम चरणमा पुगेको र बाँकी रहेका २५ स्थानीय तहलाई पनि युनिसेफ लगाएतका साझेदार संस्थाहरुको सहयोग र सहकार्यमा वास प्लान वनाउन आजको गोष्ठी आयोजना गरिएको बताए । 

गोष्ठीमा सहभागी पालिका प्रमुख, उपप्रमुखहरुले नीतिगत अन्यौलता, श्रोतसाधनको कमी, आर्थिक सामाजिक कारण, घट्दो जल सतह र प्रशासनिक असहयोग लगायतका समस्याले खानेपानी, सरसफाई तथा स्वच्छता ९वास प्लान० जस्तो आधारभूत कार्यक्रमलाई योजनावद्धढंगमा अघि बढाउन अनेकन चुनौतिको सामना गर्नुपर्ने बताएको थिए।  

गोष्ठीमा राष्ट्रिय सूचना व्यवस्थापन आयोजन शाखा प्रमुख डा रजित ओझा, युनिसेफका बोधनारायण श्रेष्ठ, वास विशेषज्ञ डन्डीराम विश्वकर्मा, शिक्षा विकाश निर्देशनालयका उप सचिव किशोरी कापरले वास प्लानको प्राविधिक पक्षबारे जानकारी गराउनुका साथै यसको महत्व, प्रभाव र कार्यान्वयन लगाएतका विषयमा सहजीकरण गरेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending