धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ की अञ्जना चौधरीको करिब २ बिघा जमिनको धान बाली भित्र्याउन अबेर भइसकेको छ । उनको एक नजर आकाशमा हुन्छ भने अर्को मोबाइलमा देखाउने मौसमी सूचनामा केन्द्रित हुन्छ ।
उनले रोपेको धान पाकेर काट्नलाई ढिला भइसकेको अवस्थामा छ । पानी पर्ने मौसमी सूचनाले उनको धान काट्ने समय पछाडि सर्दै गएपछि उनको चिन्ता थपिएको छ ।
उनले भनिन्, ‘मौसमले साथ दिएको भए केही दिन अगाडि नै धान काटिसक्थे । तर पानी अझै केही परिरहने हो भने खेतको धान खेतमै रहने त होइन भन्ने चिन्ता लागिरहन्छ । यो भयो भने मेरो बर्बाद हुन्छ ।’
यस्तै पीडामा छिन्, स्थानीय प्रमीला चौधरी । उनले ३ कट्ठा खेतको सबै धान पाकेको सुनाउँदै हतार हतारमै काटेर थ्रेसिङ गर्नुपरेको बताइन् ।
अञ्जना र प्रमीला प्रतिनिधि किसान मात्रै हुन् । पछिल्लो पटक मनसुन सक्रिय भई वर्षा लम्बिएपछि सुदूरपश्चिम प्रदेशसहितका किसानहरूलाई चिन्तित बनाएको छ । मनसुन सक्रिय भएपछि पाकेको धान भित्र्याउनमा किसानहरूलाई कठिनाइ भएको हो ।
जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको हवाला दिएर बंगालको खाडीबाट प्रभाव हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको बताउँदै मन्त्रालयले सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको छ ।
कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्न आग्रह गरिएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरूमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यता धनगढी उपमहानगरपालिकाले पनि माइकिङ नै गरेर नगरवासीहरूलाई मौसमबारे जानकारी गराएको छ । नगर प्रहरीले मौसमबारेको सूचना माइकिङ गरेर नगरवासीलाई जानकारी गराएको हो ।
मौसमी सूचना किसानलाई प्रभावकारी
पछिल्लो समय किसानहरू मौसमी सूचनाको आधारमा बाली रोप्नेदेखि भित्र्याउने कार्य गर्दै आएका छन् । दुई वर्ष अगाडि विना मौसमी सूचना धान बाली काटेको र पछि ठुलो नोक्सानी बेहोरेको किसानहरू बताउँछन् ।
कैलालीको कैलारीकै स्थानीय किसान सियाराम चौधरीले यथार्थ मौसमी सूचनाको आधारमा मात्रै खेतीपातीको कार्य गर्नुपर्ने र आफूले मौसमी सूचनालाई अनुसरण गर्दै आएको बताउँछन् ।
मोबाइलमा हुने मौसम सम्बन्धी एपका साथै जल तथा मौसम विज्ञान विभागले दिने मौसमी बुलेटिन किसानका लागि प्रभावकारी बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: