पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ स्थायी घर भई हाल पोखरा ७, मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरा ४ बाट पक्राउ गर्न सफल भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार अन्य २ जनाको पनि खोजीकार्य भइरहेको छ ।
पक्राउ परेका फकिरलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले बताए ।
घटनाक्रम अनुसार, गत १ असोजमा निज फकिरसहित ३ जना व्यक्तिहरु मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ३, बारागुङका ताक्ला गुरुङको घरगोठमा च्याङ्ग्रा खरिद गर्न गएका थिए । उनीहरुले ताक्लाले पालेका १ सय ३ च्याङ्ग्रा ४२ लाख रुपैयाँ मोलमोलाइ गरी खरिद गरेका थिए । तर, तत्काल आफूहरुसँग पैसा नभएको र पोखरा गई दिने आश्वासनसहित च्याङ्ग्राधनी ताक्लासहित पोखरा आएका थिए ।
पोखरा १७, ड्यामसाइडस्थित एक होटलमा सुतेको अवस्थामै राति गाडीसहित भागेको खबर बाहिरिएको थियो । यो घटनापछि ताक्लाले न्यायका लागि कास्की प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीपछि खोजतलास तथा अनुसन्धान गर्दै गर्दा मुख्य अभियुक्त फकिर पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा निज फकिरले च्याङ्ग्रा भने घटनाको दोस्रो दिन २ असोजमा पोखरा २५, घट्टेखोलाबाट अरु गाडीमा लोड गरी बिक्री वितरण गरेको खुल्न आएको छ । थप अनुन्धान भइरहेको डिएसपी शर्माले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: