Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपियाँ ३७ पैसा र बिक्री दर ३६ रुपियाँ ५३ पैसा कायम भएको छ ।

साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपियाँ ३२ पैसा र बिक्रीदर ३१ रुपियाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्री दर ३२ रुपियाँ ३० पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपियाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपियाँ १८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपियाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपियाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपियाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपियाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपियाँ १९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपियाँ ४४ पैसा र बिक्री दर ९१ रुपियाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपियाँ ८८ पैसा र बिक्री दर ९९ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपियाँ ६६ पैसा र बिक्री दर एक सय चार रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपियाँ २८ पैसा र बिक्री दर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपियाँ ९९ पैसा र बिक्री दर १९ रुपियाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपियाँ ६१ पैसा र बिक्री दर ३५ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपियाँ ६५ पैसा र बिक्री दर ३६ रुपियाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपियाँ ०७ पैसा र बिक्री दर चार रुपियाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपियाँ र बिक्री दर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपियाँ १६ पैसा र बिक्री दर १३ रुपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपियाँ ९३ पैसा र बिक्री दर २० रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपियाँ १६ पैसा र बिक्री दर १७ रुपियाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपियाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपियाँ ६३ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपियाँ ३९ पैसा र बिक्री दर तीन सय ५५ रुपियाँ ९९ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिद दर एक सय ६० रुपियाँ र बिक्री दर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending