Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि

खबरडबली संवाददाता

काठमाडौं । नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एकरडेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । 

यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन । 

पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । 

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए । 

बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भने, “मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन । हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ ।” अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । 

यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन् । उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन् । 

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एक÷डेढ साताको बिचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपियाँले बढेको जानकारी दिए । उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी उनले गरे। 

उनका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खानेतेलको मूल्य प्रतिकार्टोन दुई सय रुपियाँ र प्रतिलिटरमा २० रुपियाँले बढेर बजारमा आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपियाँसम्म महँगो भएको छ । खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रतिकार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपियाँसम्म मूल्यवृद्धि गरेका छन् । 

सङ्घका अनुसार मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टोन दुई हजार दुई सय रुपियाँदेखि दुई हजार चार सय रुपियाँसम्म र भटमास तेलको मूल्य पनि प्रतिकार्टोन दुई हजार तीन सय रुपियाँ थोकमा पुगेको छ । तोरीको तेलमा प्रतिकार्टोन तीन सय रुपियाँ बढेर दुई हजार आठ सय रुपियाँबाट तीन हजार रुपियाँ पुगेको छ । गएको दुई वर्षयता खानेतेलको मूल्य सस्तो भएको थियो । त्यतिबेला कच्चा सामग्रीको मूल्य घटेका कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending