Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

खबरडबली संवाददाता

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइएको छ । 

जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

 गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक ९डिआइजी० समेत हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनको कागजात नियन्त्रणमा लिएको थियो ।

काठमाडौं महानगरपालिका –१, नक्साल बस्ने ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । 

“आज अदालत लगिन्छ, संसदीय समितिको प्रतिवेदन, प्रहरीले तयार गरेको प्रतिवदेन, अरु छानबिन समितिका प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्छौं” प्रहरी प्रमुख थापाले भन्नुभयो, “सरकारको निर्देशनअनुसार कानुन कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध छ ।”

सूर्यदर्शनमा सेयर रकम, बचत, जगेडालगायतका कोषमा हुनुपर्ने रकम गैरकानुनी रुपमा अपचलन भएको छ । सहकारीको एक अर्ब ३५ करोड हिनामिना भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।  

संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, जिबीका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलगायतलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

अभियुक्तमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् । १९ जनालाई विपक्षी बनाइएकोमा अझै १३ जना फरार छन् । २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । त्यसयता सहकारी पीडितको आन्दोलन र पूरक जाहेरीपछि प्रहरीले सूर्यदर्शनबारे थप अनुसन्धान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले काठमाडौंसमेत पुगेर अभियुक्तसँग बयान लिई प्रतिवेदन तयार पार्नुभएको छ । 

गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा चले पनि अरु कसैविरुद्ध पक्राउ पुर्जी नलिइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले गत वर्ष सात सहकारीको अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । सबै मुद्दा विचाराधीन छन् । 

सहकारीको रकम ठगीका मुख्य अभियुक्त जिबी राई भने अहिले मलेसिया छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा १, साँदी घर भएका राईको परिवार सामान्य खेतीकिसानी गर्थ्यो । जिबी सहकारी ठगीमा परेपछि परिवार कोही गाउँमा नरहेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

नेटवर्किङ व्यवसाय हुँदै देशका विभिन्न ठाउँमा सहकारी खोली धेरै ब्याज दिने प्रलोभन दिएर बचत जम्मा गरी योजनाबद्ध रुपमा उनले अपचलन गरेको खुलेको छ । ठाउँ ठाउँका सहकारीबाट गोर्खा मिडियामा रकम पठाई अपत्यारिलो तलव दिने गरेको संसदीय समितिको प्रतिवेदनले औंल्याएको छ । राई उनको परिवारका सदस्य र अरु प्रतिवादी र कतिपय उनीहरु सञ्चालक रहेको कम्पनीले सहकारीबाट गैरकानुनी रुपमा ठूलो रकम लगेको देखिएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending