Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

सामूहिक बलात्कारपछि युवतीको हत्या गर्ने १० महिनापछि पक्राउ

खबरडबली संवाददाता

कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुलेको छ । आरोपि दुई युवक करिब एक वर्षपछि पक्राउ परेका छन् ।

२९ कात्तिक २०८० मा सुस्मा खड्का (नाम परिवर्तन) को धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवासँग सामूहिक यौनसम्पर्क भएको प्रहरीले ठहर गरेको हो ।

सुस्मालाई चिनजानका साथी चौधरीले फोन गरेर देउवाको घरमा बोलाएका थिए । उनी आइपुग्नुभन्दा अगाडि नै दुवैजना लागूऔषध सेवन गरिरहेका थिए । उनीहरुले सुस्मालाई पनि लागूऔषध सेवन गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तीनैजना लठ्ठ भएपछि उनीहरुबीच शारीरिक सम्वन्ध भएको थियो । त्यसपछि आपसी विवाद भएको र महिलामाथि कुटपिटसमेत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । विवाद र कुटपिटको स्पष्ट कारण नखुलेको उनको भनाइ छ ।

झगडापछि पनि तीनैजना एकैठाउँमा सुतेका थिए । बिहान उठ्ने बेला युवती बेहोस अवस्थामा थिइन् । त्यसपछि युवकहरुले उनलाई स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेको बोहराले बताए ।

उनले भने, ‘देउवाले स्कुटर चलाएर चौधरीले युवतीलाई पछाडिबाट समातेको र जंगलमा फ्यालेको बयान दिएका छन् ।’

६ मङ्सिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा सुस्माको शव कुहिएको अवस्थामा भेटिएको थियो । उनका बुवाले छोरीको पहिचान गर्दै १० कात्तिकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ज्यान सम्बन्धी जाहेरी दिएर शव बुझेका थिए ।

प्रहरीकाअनुसार त्यो बेलासम्म महिलाको मृत्युको कारण खुलेको थिएन । घटनास्थलमा प्रहरीले लागु औषध समेत बरामद गरेको थियो । लागु औषधबाट मृत्यु भएको देखाउने उद्देश्यले चौधरी र देउवाले त्यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

चौधरीलाई सीमावर्ती भारतीय बजार गौरीफन्टा र देउवालाई चौधरीकै बयानका आधारमा धनगढीबाटै पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । दुवै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने एसपी विष्टले बताए ।

मृतकको मोबाइल प्रतिवादी मध्येका सञ्जीव चौधरीले घरमा ल्याएका थिए । उनले सिम झिकेर उक्त मोबाइल आफ्नो श्रीमतीलाई दिए । केही समयसम्म मोबाइल बन्द रहेको हुँदा प्रहरीलाई क्लु पाउनै सकस भएको थियो । तर, एक पटक मोबाइल खुलेर त्यसमा अर्को सिम प्रयोग भएको प्रहरीले सुइँको पाएपछि उक्त सिम प्रयोग भएको मोबाइलको आईएमई पत्ता लगाएको थियो ।

मोबाइलमा प्रयोग गरिएका नम्बर धनगढी उपमहानगरपालिका–५ का सञ्जीव चौधरीको नाममा रहेको प्रहरीले पत्ता लगायो । खोजतलासका क्रममा चौधरीको श्रीमतीबाट प्रहरीले मृतकको मोबाइल बरामद गर्यो तर चौधरी भने धनगढीमा फेला परेका थिएनन् । घटना भएपछि चौधरी भागेर भारतमा बस्दै आएको देखिएपछि प्रहरीले उनको श्रीमतीमाथि निगरानी बढाएको थियो ।

शनिवार चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोसाकको टोलीले उनलाई पछ्याएको थियो । सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरूमाथि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

डोल्पाको फोतगाउँ मतदान केन्द्रमा खटिएका ५ कर्मचारी लेक लागेर बिरामी

सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका डोल्पाकाे शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका...

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले के गर्‍याे निर्णय ?

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हु...

भोजपुरको दिङ्लामा एमाले कार्यालयमा पैसा बाँडेको भन्दै तनाव

भोजपुर । निर्वाचनको मौन अवधिमा षडानन्द नगरपालिका अन्तर्गत दिङ्ला बजारमा रहेको नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थि...

भीआईपीदेखि कलाकारसम्मले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व...

ओली, रवि र बालेनले कहाँबाट गर्दै छन् मतदान ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्ने भएका छन्। झापा जिल्ला–५ बाट उम्मेदवार बनेका ...

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण: चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट

ललितपुर । ललितपुुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा प्रहरीमाथि साङ्घातिक...

नेकपा (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ

विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE