मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर) ले आइतबार बताएको छ ।
युएनएचसिआर नेतृत्वको संरक्षण र निगरानी रिटर्न्स नेटवर्कले अगस्टमा मात्रै २३ हजार आन्तरिक विस्थापन भएको र तीमध्ये ४३ प्रतिशत द्वन्द्व, असुरक्षा, बाढी वा खडेरीका कारण भएको बताएको छ ।
'खाना, आश्रय, जीविकोपार्जन, पानी, र स्वास्थ्य नयाँ विस्थापित परिवारहरूको प्रमुख आवश्यकताहरू थिए । बारी, खाडी, मध्य जुबा, गेडो र तल्लो जुबा क्षेत्रहरूले सबैभन्दा धेरै आन्तरिक विस्थापितहरूको आगमन रिपोर्ट गरेका छन् । यो कूल विस्थापितको ६६ प्रतिशत हो,' युएनएचसीआरले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको पछिल्लो परिचालन अपडेटमा भनेको छ ।
युएनएचसिआरका अनुसार उच्च संरक्षण जोखिममा रहेका महिला र बालबालिका विस्थापित जनसङ्ख्याको ८० प्रतिशत छन् । यसले सोमालियामा असुरक्षाका लागि योगदान गर्ने प्रमुख कारकहरू सोमाली सुरक्षा बल र अल–शबाब बीचको सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र आतङ्ककारीहरूले गरेको अन्धाधुन्ध आक्रमणहरू रहेको बताएको छ ।
एजेन्सीले सोमालियाको समग्र राजनीतिक र सुरक्षा अवस्था अनिश्चित र परिवर्तनशील रहेको बताएको छ । सोमालियामा ४० हजार दुई सय शरणार्थीहरू छन् । यसमध्ये ६६ प्रतिशत महिला, ३० प्रतिशत विद्यालय जाने उमेरका बालबालिका (६ वर्षदेखि १७ वर्षसम्मका) र २६ प्रतिशत प्रजनन उमेरका महिला र किशोरीहरू (१३ वर्षदेखि ४९ वर्षका) रहेको युएनएचसीआरले बताएको छ ।
प्रतिवेदनअनुसार यहाँ इथियोपियालीहरू (६५ प्रतिशत), दोस्रोमा यमन (३० प्रतिशत), सिरिया तेस्रो (चार प्रतिशत) र एक प्रतिशत अन्य राष्ट्रका शरणार्थीहरू छन् । युएनएचसीआरले सन् २०१४ डिसेम्बरदेखि एक लाख ३९ हजार दुई सय ६० पूर्वशरणार्थीहरू शरणार्थी देशहरूबाट सोमालिया फर्केका बताएको छ । केन्या र यमन क्रमशः दोस्रो र तेस्रोमा छन् ।
यसले मुख्यतया केन्याबाट स्वैच्छिक स्वदेश फिर्ता कार्यक्रम र यमनबाट असिस्टेड स्पोन्टेनियस रिटर्न कार्यक्रममार्फत शरणार्थी फिर्ता हुनेमध्ये ९५ हजार दुई सय छ व्यक्तिलाई प्रत्यक्ष सहयोग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: