काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।
आइतबार बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एसिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरू सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् ।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरूप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम शृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ ।
बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य शृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताए । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उनले विश्वास व्यक्त गरे ।
प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत् भेलाकै रूपमा परामर्श बैठकहरू सम्पन्न गरिएको उल्लेख गर्दै उनले अब सबै प्रदेश र समितिहरूबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्ताबेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताए ।
बैठकमा सहभागीहरूका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...
फाल्गुन २० गते, २०८२ - १९:४५
सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका डोल्पाकाे शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका...
फाल्गुन २० गते, २०८२ - १९:४३
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हु...
फाल्गुन २० गते, २०८२ - १९:४०
भोजपुर । निर्वाचनको मौन अवधिमा षडानन्द नगरपालिका अन्तर्गत दिङ्ला बजारमा रहेको नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थि...
फाल्गुन २० गते, २०८२ - १९:३६
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व...
फाल्गुन २० गते, २०८२ - १९:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्ने भएका छन्। झापा जिल्ला–५ बाट उम्मेदवार बनेका ...
फाल्गुन २० गते, २०८२ - १९:२६
ललितपुर । ललितपुुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा प्रहरीमाथि साङ्घातिक...
फाल्गुन २० गते, २०८२ - १९:१९
विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेक...



प्रतिकृया लेख्नुहोस्: