Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेका बेला हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुले तिनको सामान गर्न हामीलाई शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को,  एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले सो कुरा बताएका हुन् । 

उनले परंपरागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेरपूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका  रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अबस्थाबारे आदिवासी ज्ञानलाई भू उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना  प्रदान गर्न सकिने बताए । 

सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभइ वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धि जस्ता प्रकोप झेल्नु परिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू यी जोखिमको अग्रभागमा रहेको बताए । 

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने परम्परा, भाषा, अनुष्ठान, ज्ञान प्रणाली, र कला अमूर्त सांस्कृतिक सम्पदाहरु भएको र यिनीहरु हाम्रो पहिचानको आधार भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यसले हामीलाई संसारलाई कसरी हेरिरहेका छौ , प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरेका छौ, र संकटमा हामी कसरी प्रतिक्रिया दिन्छौं भन्ने कुरा निर्धारण गर्ने छ । प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा यी सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान छन् ।'

उनले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौंदेखि जटिल ज्ञान र अभ्यासका प्रणालीहरू विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए । 

हाम्रा सांस्कृतिक सम्पदाहरुमा यस्ता प्रकोपहरुसँग कसरी अनुकुलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले संकटका समयमा जीवित रहन महत्वपूर्ण भूमिका खेल्न उल्लेख गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरहरुको  सामना गर्न यी अभ्यासहरू आवश्यक रहेको कुरामा जोड दिए । 

आदिवासी परंपरामा निहित ज्ञानले हामीलाई हाम्रो वातावरणसँग बढी दिगो र समर्पित सम्बन्ध विस्तारतर्फ अग्रसर गराउन सक्ने उल्लेख गर्दै मन्त्री पाण्डेले तर यी अभ्यासहरू बढ्दो आधुनिकता, शहरीकरण, र जलवायु परिवर्तनका कारण मानिसहरु विस्थापित हुने समस्यासँगै ज्ञानहरु लोप हुने हराउने खतरा रहेको हुँदा यी ज्ञानलाई बचाउन र प्रवद्धन गर्नु हाम्रो कर्तव्य भएको उल्लेख गरे ।  

अमूर्त सांस्कृतिक सम्पदाले प्रकोपका बेला समुदायहरूलाई आपमा जोडने बन्धनका रुपमा काम गर्ने र यसले सामाजिक संरचना सुदृढ पार्न मद्धत गर्ने उल्लेख गर्दै उनले प्रकोपको समयमा, एकै खाले सांस्कृतिक अभ्यास र मूल्य मान्यता भएका समुदायहरू यस्ता संकटबाट छिटो सँगै उठ्ने दृष्ठान्त दिदै मन्त्री पाण्डेले चाडपर्व, अनुष्ठान, र सामुदायिक परंपराहरूले सामूहिक रुपमा समास्यका समाधान र एकले अर्कोलाई सहयोगको भावना बढाउने यसले संकटका बेला मानसिक र भावनात्मक रुपमा बलियो हुन मद्दत गर्ने बताए । 

मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परमपरागत काठका संरचनाहरूको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केवल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एकअर्कासँग र आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताए ।

त्यस्तै अफ्रिकामा, परंपरागत संगीत र कथावाचनले प्रकोपका बेला हुने आघात र क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नृ उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास  र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको उल्लेख गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

नेपाल औषधी लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...

गृहमन्त्रीसँग भेट्न पाउ भन्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले हटायो

काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...

झापामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...

तनहुँमा ‘सर्च एण्ड स्वीप’ अभियान : २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending