नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृहत स्वास्थ्य परीक्षण शिविर’मा एक हजार तीन सयभन्दा बढी बिरामीको उपचार गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखा देवीघाट र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा शनिबार सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत बिरामीको स्वास्थ्य जाँच, प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो ।
आयोजक यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा। केदारनरसिंह केसीका अनुसार शिविरमा स्त्रीरोग तथा प्रसूतिसम्बन्धी भिडियो एक्सरे, पाठेघरको मुख र स्तनको क्यान्सरसम्बन्धी स्क्रिनिङ, नशा तथा हाडजोर्नी जाँच र प्रयोगशाला परीक्षण सेवा लिने बिरामीको सङ्ख्या बढी थियो ।
शिविरमा जाँच गराउन आएका बिरामीमध्ये केहीको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको र तत्कालै थप उपचार सेवा आवश्यक देखिएका बिरामीको पहिचान गरेर उनीहरूलाई जिल्लाको सरकारी अस्पताल ९त्रिशूली अस्पताल०मा जाँच गराउन सिफारिस गरिएको छ ।
काठमाडौंबाट आएका तथा त्रिशूली अस्पताल नुवाकोटका विशेषज्ञ चिकित्सकसहित ३० स्वास्थ्यकर्मीको समूहले शिविरमा स्त्रीरोग तथा प्रसूति, आँखा तथा दृष्टिरोग, प्रयोगशाला, फिजिसियन तथा परामर्श सेवा, मनोरोग, नशा तथा हाडजोर्नीलगायत सेवा दिएको थियो । जाँच गराएका बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।
शिविरमार्फत ग्रामीण क्षेत्रका महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको र आगामी दिन नुवाकोट तथा रसुवाका ग्रामीण एवं स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा शिविर सञ्चालन गरिने ट्रष्टका संरक्षक तथा प्रतिनिधिसभा सदस्य अजुर्ननरसिंह केसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: