काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान र यससम्बन्धी मान्यताहरु विकास भए पनि महिलालाई नेतृत्वमा पुग्न अझै धेरै चुनौती रहेको बताएकी हुन् ।
लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा। राणाको तर्क थियो । ‘संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्’, परराष्ट्रमन्त्री राणाले भनिन् ।
कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उनको भनाइ थियो । उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको बताइन् ।नेपालमा आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेका कारण नेपालका लक्षित नीति र कार्यले केही सुधार भने ल्याइरहेको उनको तर्क थियो ।
उनले भनिन्, ‘हामीले महिला समानताका लागि लडेको धेरै भयो । अहिले भने हाम्रो संविधानले सङ्घीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालमा हामीले महिला राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीश पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।’
सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव लगायत विषयमा छलफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...



प्रतिकृया लेख्नुहोस्: