काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। शुक्रवार प्रशासन विभागले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले नेतृत्वको नीति सफल बनाउन महानगरका कर्मचारीहरूमा उच्च क्षमता रहेको र यसलाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए।
‘नेतृत्वको नीति सफल बनाउँदा कर्मचारीहरू स्वतः सफल हुन्छन्। यो सोच राखेर काम गर्नुपर्छ,’ परियारले भने। उनले चालु आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउँदै यसलाई प्रभावकारी ढङ्गले लागू गर्न सकिएमा प्रगति निरन्तर बढ्दै जाने उल्लेख गरे।
परियारले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै भने, ‘विगत ५ वर्षमा महानगरले सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ। एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र स्थापना गरिएको छ। विद्युतीय शासन प्रणालीलाई परिष्कृत गरिएको छ। यी सबै कामहरूलाई संस्थागत अभिलेखमा राखेर हस्तान्तरण गरेको छु।’
महानगर प्रमुख बालेन्द्र साह(बालेन)लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ हस्तान्तरण गर्दै परियारले आफ्नो ७ महिना २५ दिनको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूको विवरण प्रतिवेदनमा समावेश गरिएको जानकारी दिए। उनले उक्त प्रतिवेदन संस्थागत सुदृढीकरणमा नयाँ आयामको सुरुवातका लागि एक महत्त्वपूर्ण दस्ताबेजका रूपमा बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै महानगर प्रमुख साहले परियारको कार्यकालको प्रशंसा गर्दै उनले महानगरका कर्मचारीहरूको काम गर्ने शैली र नेतृत्वको सुदृढीकरणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरे। साहले परियारलाई मायाको चिनो प्रदान गर्दै उनका भविष्यका कार्यहरूको सफलताको कामना पनि गरे।
मन्त्रिपरिषद्को भदौ २७ गतेको निर्णयानुसार परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो। भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र पठाएको थियो।
२०८० माघ ३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रिय योजना आयोगबाट सरुवा भएर परियार माघ १० गते काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए।
कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकालले परियारको कार्यकालमा संस्थागत सुधारका लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) का लागि गहन काम भएको उल्लेख गरे। ‘परियारको नेतृत्वमा थालिएका सुधारका कामहरूलाई निरन्तरता दिइनेछ, उनले भने, विभागीय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। अधिकार प्रत्यायोजन भइसकेको छ, अब विभागहरूलाई सहज रूपमा काम गर्न सजिलो हुनेछ।’
बिदाइ कार्यक्रममा विभिन्न विभागीय प्रमुखहरूले परियारको कार्यकाललाई स्मरणीय र सकारात्मक रहेको उल्लेख गर्दै उनको नेतृत्वमा भएका सुधारका कामहरूको प्रशंसा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...



प्रतिकृया लेख्नुहोस्: