Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो

यस्तो छ समितिले सोधेका ५१ प्रश्नमा उनले दिएको जवाफ

खबरडबली संवाददाता

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफुलाई  दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् । साथै उनले बयानमा जिबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् ।

साथै उनले सहकारीबाट एक रुपैया नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो बिज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बताएका छन् ।

समितिले सोधेका ५१ वटा प्रश्नको उनले जवाफ दिएका छन् । सोक्रम अन्त्यमा लामिछानेले समितिलाई दिएको बयान-  

मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइयो। जबकि मेरो संलग्नता ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै सकिन्छ, तर यसलाई राजनीतिक विषय बनाइँदा सहकारी प्रति नै मानिसको विश्वास उड्यो जसले अर्थतन्त्रलाई निकै ठूलो धक्का दियो ।

सहकारी पिडितलाई न्याय दिन खर्च गर्नु पर्ने समय मलाई दोषी देखाउन खर्च गरियो। यो विषय फौजदारी कसूरको विषय हो। यसलाई अनुसन्धान गर्ने निश्चित निकायहरु विद्यमान छन्। र ती निकायहरूले आफ्नो सम्पूर्ण क्षमता लगाएर अनुसन्धान गरेका पनि हुन् । सहकारीको बचत रकम अपचलन गर्नेहरू अनुसन्धानको दायरामा छन्। प्रमाणले भ्याएकाहरू कोही छुटेका छैनन्। कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सानो भन्दा सानो आधार पनि पर्याप्त हुन्छ। मेरो संलग्नताको खोजी गर्न सरकारले कुनै कसूर बाँकी राखेन ।

जिबी राईले मेरा नाममा र म लगायत सयौं व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी हो भनेर प्रमाण जुटाई मुद्दा चलाइसक्दा पनि र उक्त ऋण लिदा पूरा गर्नु पर्ने कुनै पनि प्रक्रिया पूरा नगरी करोडौ रुपैयाको अपचलन भएको प्रमाण जुटाइसक्दा पनि राज्य म माथि नै केन्द्रित भयो, मिडिया म माथि नै खनियो तर सहकारीको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सकेन ।

यसले पीडितले न्याय पाउने कुरा निकै पर धकेलियो । यो विषय यति जटिल हुने नै थिएन। यदि मैले कुनै सहकारीबाट ऋण लिएको भए प्रमाण हुन्थ्यो। प्रमाण भएको भए म ऋणी हुन्थे। ऋणी भएको भए ऋण तिर्ने दायित्व हुन्थ्यो। तर ऋणी कसरी ठग हुन सक्छरु त्यसमाथि सिंगो राज्य लागेर गरेकी अनुसन्धानमा यत्रो प्रचार गरिएको अपचलनमा एक त्यान्द्रो पनि प्रमाण भेटिएन किनकी मैले सहकारीको पैसा अपचलन गरेको थिइन छैन ।

मिडियाले जे जे भन्यो राज्य र विपक्षी दलहरू त्यसैमा विश्वास गर्ने तिर लागे। संसदमा मैले ऋण लिन निवेदन दिएको प्रमाण छ भनियो। मैले त्यो प्रमाण दिनुस, राजनीति छोडिदिन्छु भनेर चुनौती दिएँ। त्यस्तो प्रमाण छ भनिएको आज १०६ दिन भयो त्यो एउटा प्रमाण मैले पाउन सकिन। गोरखा मिडियामा रकम आएको हो भने ल्याउने मानिस पनि देखिएकै होला कुनै पनि कम्पनीको कुनै पनि जिम्मेवारीमा रहनु भनेको आफुले गर्दै नगरेको तर अरू साझेदारले गरेको गल्तिको भारी बोक्नु हो र ? त्यसमाथि सम्पूर्ण दायित्व बुझाएर, आफ्नो शेयर आधिकारीक रुपमा फिर्ता गरी उक्त शेयरको दायित्वबाट मुक्त भईलगतकट्टा समेत सम्पन भएको अवस्थामा बाहिरीएको शेयर सदस्यको कुनै जिम्मेवारी हुन्छ र कम्पनी छोडेको डेढ वर्षपछि सार्वजनिक भएको विषयमा मैले कसरी के आधारमा जानकारी पाउन सक्थे ?

मैले सहकारीबाट एक रुपैया लिएको छैन, गोरखा मिडियामा रहँदा आफ्नो बिज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा मेरो संलग्नता छैन। सहकारी त परको कुरा गोरखा मिडियाभित्रैको पनि अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देखिन। मेरो पेटमा सहकारीको एक रुपैया परेको छैन। मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन, मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन, मैले उल्लिखित सहकारीहरूमा ऋण माग गरेको छैन, अभियोग पत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन, गैरकानूनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन । म निर्दोष छु । 

आफ्नाबारे उठेका कुराहरुलाई स्पष्ट पार्ने अवसर दिनु भएकोमा यस सम्मानित समितिका माननिय सभापती लगायत सम्पूर्ण माननीय सदस्यहरु र कर्मचारीहरू प्रति आभारी छु । उपरोक्त प्रश्नहरूको जवाफ मैले भने बमोजिम कम्प्युटर टाइप गरी उतार गरिएको छ। जम्मा पाना १७ को उक्त विवरण मैले संसदीय समितिको बैठकमा स्वतन्त्र रूपमा खुलाएको हुँ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने

काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले प्रदेश महासंको प्रदेश सभा एवम् निर्वाचन स्थगित ...

प्युठानमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्युठान। मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती ...

ट्रकको ठक्करबाट युवकको मृत्यु, एक घाइते

बारा। प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीर...

बालेन शाह भोली सुदूरपश्चिम जादै

काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपाल...

एमालेका सदस्यहरूलाई ओलीको पत्र- बहुमत ल्याउन सक्रिय हुनुस्

काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ र ...

राष्ट्रिय सभाका लागि मतदान जारी, कुन प्रदेशमा कति मतदान भयो ?

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका रा...

सर्वोच्चमा रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधनबिरुद्ध रिटको सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ अभियोग हटाउने महान्यायाध...

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा १२८ जनाले गरे मतदान

काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा १२८ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुख–अध्यक्ष तथा उपप्रम...

विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षा मन्त्री पौडेल

पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending