बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो ।
नवौँ संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सांसद र विद्यार्थीबिच अन्तरक्रिया गरिएको छ । ‘नेपालको संविधान २०७२ मा शिक्षासम्बन्धी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयमा विद्यालयमा अध्ययनरत विद्यार्थीले बाँके निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्य रहनुभएका सांसद रत्न खत्रीसँग अन्तरक्रिया गरिएको हो ।
विद्यार्थीले सामुदायिक विद्यालय र निजी विद्यालयका बिचमा देखिएका असन्तुलनका बारेमा, शिक्षामा देखिएका गुणस्तरका बारेमा, सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषा कमजोर हुने गरेको बारेमा तथा अन्य क्षेत्रमा काम गर्दा योग्यता लागु हुने गरेको तथा राजनीति क्षेत्रमा सांसद र मन्त्री हुनलाई किन योग्यता लागु नहुन सकेको लगायतका विषयमा सांसद खत्रीलाई जिज्ञासा गरेका थिए ।
पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सांसद खत्रीले विद्यार्थीले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नलाई यस प्रकारका कार्यक्रम महत्त्वपूर्ण हुने बताए । कार्यक्रमले विद्यार्थीले धेरै विषयमा ज्ञान हासिल गर्न सक्ने र युवा पिँढीको राजनीतिप्रतिको धारणा सकारात्मक बन्ने बताए ।
उननले इतिहासमै पहिलो पटक जनताका प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर संविधान लेखेको कुरा आफैँमा ठुलो उपलब्धि भएको बताए । संविधानले जनताका मौलिक हकका कुरालाई उत्कृष्ट ढङ्गबाट उठाउँदै गर्दा नागरिकको कर्तव्यबोध गराएको बताए ।
विद्यालयमा कक्षा १० र १२ मा अध्ययनरत करिब दुई सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागिता रहेको थियो । दुई दर्जन बढी विद्यार्थीले संविधानको व्यवस्था तथा अवस्थाका बारेमा सांसद खत्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: