Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

खबरडबली संवाददाता

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो । 

नवौँ संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सांसद र विद्यार्थीबिच अन्तरक्रिया गरिएको छ । ‘नेपालको संविधान २०७२ मा शिक्षासम्बन्धी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयमा विद्यालयमा अध्ययनरत विद्यार्थीले बाँके निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्य रहनुभएका सांसद रत्न खत्रीसँग अन्तरक्रिया गरिएको हो ।

विद्यार्थीले सामुदायिक विद्यालय र निजी विद्यालयका बिचमा देखिएका असन्तुलनका बारेमा, शिक्षामा देखिएका गुणस्तरका बारेमा, सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषा कमजोर हुने गरेको बारेमा तथा अन्य क्षेत्रमा काम गर्दा योग्यता लागु हुने गरेको तथा राजनीति क्षेत्रमा सांसद र मन्त्री हुनलाई किन योग्यता लागु नहुन सकेको लगायतका विषयमा सांसद खत्रीलाई जिज्ञासा गरेका थिए ।

पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सांसद खत्रीले विद्यार्थीले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नलाई यस प्रकारका कार्यक्रम महत्त्वपूर्ण हुने बताए । कार्यक्रमले विद्यार्थीले धेरै विषयमा ज्ञान हासिल गर्न सक्ने र युवा पिँढीको राजनीतिप्रतिको धारणा सकारात्मक बन्ने बताए । 

उननले इतिहासमै पहिलो पटक जनताका प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर संविधान लेखेको कुरा आफैँमा ठुलो उपलब्धि भएको बताए । संविधानले जनताका मौलिक हकका कुरालाई उत्कृष्ट ढङ्गबाट उठाउँदै गर्दा नागरिकको कर्तव्यबोध गराएको बताए ।

विद्यालयमा कक्षा १० र १२ मा अध्ययनरत करिब दुई सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागिता रहेको थियो । दुई दर्जन बढी विद्यार्थीले संविधानको व्यवस्था तथा अवस्थाका बारेमा सांसद खत्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending