काठमाडौं । सरकारले दसैं–तिहारसहित चाडपर्व लक्षित गरेर बिहीबार (असोज ३ गते) देखि सुपथ पसल सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४२ जिल्लाका ६३ स्थानमा सुपथ पसल सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार काठमाडौं उपत्यकाका चार स्थान सुपथ पसल सञ्चालनमा ल्याइएको छ। थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ पसल खोलिएको कम्पनीले जनाएको छ।
उपभोक्ताले सुपथ पसलमा चामल र दालमा बजारमूल्यभन्दा किलोको ५ रुपैयाँ छुट पाउनेछन्। प्रतिलिटर खाने तेलमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा ७ रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ। त्यस्तै प्रतिकिलो कर्णाली सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा पनि ७ रुपैयाँ छुट दिइएको छ।
यसैगरी डीडीसी घिउमा प्रतिकिलोमा १० रुपैयाँ छुट दिइएको छ। सुपथ पसल आउँदो माघ २ गतेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ। सुपथ पसल सञ्चालनका लागि सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
कम्पनीले दसैँका लागि मकवानपुर, तुलसीपुरलगायत स्थानबाट खसी–बोका १ हजार ५०० वटा तथा मुस्ताङबाट च्यांग्रा ३०० वटा बेच्ने निर्णय गरेको छ। घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी, बोका र च्यांग्रा थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमात्र बिक्री गरिनेछ।
खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: