Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

दलबिच एकता, समन्वय र सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबिच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित मूल समारोहमा मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकार भएका निकायको जिम्मेवारीपूर्ण भूमिका रहने उल्लेख गरे । उनले योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले दीर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताए । उनले प्रदेशका साझा अधिकारअन्तर्गतका कतिपय कानुन नबन्दा कार्यसम्पादनमा केही कठिनाइ भइरहेको उल्लेख गरे ।

अत्यावश्यक कानुन सङ्घीय सरकारबाट द्रुतगतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । उनले न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेशको राजधानी व्यवस्थापन, प्रदेशअन्तर्गत गौरवका आयोजनाको सम्पन्नता तथा जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढिरहेको स्पष्ट पारे ।

प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्न तीन तहका सरकारका बिच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे । उनले जनमुखी कानुन निर्माण गर्ने र हिजो बनेका कानुनलाई समयसापेक्ष बनाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

“संविधानलाई इमानदारी पूर्वक कार्यान्वयन गर्न सबै जुटौँ”, सभामुख मगरले भने, “सबै दलबिचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नु आवश्यक छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनतामा आशा जगाउन सबै एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।

पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्दै समृद्धि हासिल गर्ने आकाङ्क्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म सङ्घीयता र एकता भएको बताए । उनले प्रदेशलाई बलियो बनाउन संविधानको भरपुर उपभोग गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

झाँकी र प्रभातफेरी

मूल समारोह कार्यक्रमअघि संविधान दिवसलाई भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । मगर, थारु, नेवार, ब्राह्मणलगायत समुदायले आ–आफ्नो समुदायको कला संस्कृतिसहितको झाँकी प्रदर्शन गरेका थिए । 

संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकी प्रदर्शन गरिएको हो । राप्ती नेवारी समाजले परम्परागत रोपाइँ जात्रा, थारु समुदायको झाँकी, राप्ती स्काउट समूहले स्काउट झाँकी, राप्तीको नौमती बाजासहितका झाँकी प्रस्तुत गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending