धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुदघाटन गरे ।
सो अवसरमा मुुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउनका लागि धेरै कार्य गर्न सकिने बताए । दैनिक रुपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै शुरु हुनु ठूलो सफलता रहेको मुख्यमन्त्री सिंहले बताए । लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।
भिडोल इन्टरनेसनल, युकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भए पछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताए । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए ।
युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिव ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताए ।
युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले सो उद्योगबाट हुने लुब्रिकेन्ट उत्पादन प्रक्रियाको समग्र प्रक्रिया वारेमा जानकारी प्रदान गरे ।
१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।
उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ। कारखानाले दुई लाख लिटर लुब्रिकेन्ट स्टोरेज ट्यांक बनाएको छ।
हाल सो उद्योगमा युकेको प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड भिडोलको उत्पादन समेत शुरु भएको छ । यो भन्दा पहिले नेपाली ब्रान्ड ‘नेपाल गोल्ड’ लुब्रिकेन्ट समेत यहाँबाट उत्पादन भइरहेको छ ।
सो उद्योगमा सम्भव भए सम्म स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरिने बताइएको छ ।
यहाँ करिव ५० जनाले रोजगारी पाएका छन् । भारत र वेलायतबाट आएका प्राविधिकहरूले उद्योगका कामदारलाई प्रशिक्षण दिइरहेका छन् । बेस आयल र एडिटिभ्सको समिश्रण गरी लुब्रिकेन्ट बनाइन्छ । जसमा एडिटिभ्सको अनुपात गुणस्तर अनुसार ४ देखि १२ प्रतिशत रहन्छ । उत्पादित लुब्रिकेन्ट स्वचालित प्रणालीबाटै प्याकेजिङ हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: