काठमाडौं । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ ।
दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेपालभर चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा बुधबार यातायात व्यवसायी र सरकारका प्रतिनिधिबीच छलफल भइसकेको छ । बैठकले अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने निष्कर्ष भने निकाल्न सकेन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, यातायात व्यवसायी तथा प्रतिनिधि सहभागी बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल भएको हो ।
बैठकमा मन्त्री दाहालले चाडपर्वमा काठमाडौं हुँदै देशका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको टिकट छिटोभन्दा छिटो खुलाउन यातायात व्यवसायीलाई आग्रह गरे ।
यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा पुर्याउने दायित्व सरकारको भएको भन्दै उनले त्यसका लागि अग्रिम टिकट छिट्टै खुलाउन आग्रह गरे । तर, यातायात व्यवसायीहरूले भने सडकको अवस्था राम्रो नभएको, जोखिमयुक्त रहेको, वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका माग सम्बोधन गर्न आग्रह गरे ।
कहिलेदेखि दशैँको अग्रिम टिकट कहिले खुलाउने भनेर बैठकमा निर्णय नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार सरकारसँग प्रारम्भिक रुपमा छलफल मात्र भएको हो । यातायात व्यवसायी र सरकारबीच शुक्रबार पुनः बैठक बस्दैछ । उक्त बैठकले अग्रिम टिकट खुलाउने विषयमा निर्णय गर्नेछ । असोज १५ गतेसम्म दशैँ लक्षित अग्रिम टिकट खुल्न सक्ने सिटौलाले बताए ।
दशैँका बेला काठमाडौंमा पेशा, व्यवसाय, अध्ययन गरी बसेका लाखौँ जनता आफ्नो गाउँ पुग्ने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: