काठमाडौं । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा कटौती गर्ने निर्णय गरेको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने भिसा कटौती गर्ने निर्णय गरिएको जानकारी गराएका हुन्। सामाजिक सञ्जाल एक्समा एउटा स्ट्याटस पोस्ट गर्दै ट्रुडोले लेखेका छन्, ‘यस वर्ष हामीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसामा ३५ प्रतिशतले कटौती गर्दैछौँ। अर्को वर्ष थप १० प्रतिशत भिसा कटौती गर्नेछौँ।’
आप्रवासीले क्यानडाको अर्थव्यवस्थमा फाइदा पुर्याइरहेको पनि ट्रुडोले उल्लेख गरेका छन्। ‘तर केही मानिसले हाम्रो सिस्टमको गलत ढंगले फाइदा उठाइरहेका छन् र अन्तर्राष्ट्रिय विद्यार्थीबाट उनीहरु फाइदा उठाउन चाहिरहेका छन्’, उनले लेखेका छन्, ‘त्यही भएर यस्तो निर्णय लिनुपरेको हो।’
क्यानडाको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन भिसा पाउन मुस्किल हुने भएको छ। हाल क्यानडामा १० लाख ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन्। जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो।
क्यानडामा स्थानीय छात्राको तुलनामा अन्तर्राष्ट्रिय विद्यार्थी तीनगुणा बढी पढाइ शुल्क तिर्नुपर्छ। क्यानडाको अर्थव्यवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीको वार्षिक करिब २२ अर्ब क्यानेडियन डलरको योगदान रहेको छ। यसका अलावाल करिब २ लाख २० हजार नयाँ रोजगारी पनि सिर्जना गर्छ। –एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: