लेखनाथ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्याउनै पर्नेमा जोड दिएको छन् । अहिले स्वास्थ्य बिमा बोर्डले चलाएको स्वास्थ्य बिमामा यसको सीमा एक लाख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमाको सीमा बढाउन अरू स्रोत खोज्न सकिने औँल्याए ।
“एकद्वार प्रणालीबाट काम गरौँ । बिमाको सिलिङ पाँच लाख कायम गरौँ,” उनले भने, “यसका लागि अरू स्रोत खोज्न सकिन्छ । ज्येष्ठ नागरिकलाई एक महिनाको सामाजिक सुरक्षा भत्ता कोषमा दिने प्रावधान ल्याऔँ । सबै सरकार र संस्थागत रूपमा जागिर गर्नेहरूले तलबको दुई प्रतिशत बिमा कोषमा जम्मा गर्ने नीति लिन सकिन्छ ।”
केही निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरूले नक्कली बिमा दाबी पेस गरिरहेको औँल्याउँदै उनले बिमा बोर्डका अतिरिक्त अर्को नियमक निकायको आवश्यकतामा जोड दिए । २०४८ सालपछि सरकारी अस्पतालहरूमा दरबन्दी थप नभएको स्विकार्दै उनले नागरिकको स्वास्थ्यका लागि सरकारले जनशक्ति, उपकरण र व्यवस्थापनमा ध्यान दिनैपर्ने विचार राखे ।
ठुला सरकारी अस्पतालले यथासम्भव सबै सेवा दिनुपर्नेमा जोड दिँदै उनले ती अस्पतालहरूलाई रिफर सेन्टर जस्तो नबनाउन निर्देशन दिए ।
मन्त्री पौडेलको पहिलो निर्णय मङ्गलबारबाट गण्डकीमा लागू भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विस्तारित सेवा यहाँ सुरु गर्न लागिएको हो । सोसम्बन्धी सम्झौतापत्रमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा।डा। भरतबहादुर खत्रीले हस्ताक्षर गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...



प्रतिकृया लेख्नुहोस्: