Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

त्रिशूली नदी किनारमा भेटिएको ट्रकको दुर्घटना शंकास्पद

खबरडबली संवाददाता

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको भेटिएको ट्रकको दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी भेषराज रिजालका अनुसार आज बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको भेटिएको थियो । तर त्यसका चालक र सहचालक भने सम्पर्कविहीन छन् । दुर्घटना शंकास्पद मानेर प्रहरीले चालक र सहचालकको खोजी गरिरहेको छ ।

राति त्यही ठाउँमा रोकेको देखिएको थियो ट्रक

डिएसपी रिजालका अनुसार उक्त ट्रक भैरहवाबाट सनफ्लावर (सूर्यमुखी) तेल लोड गरेर ललितपुर जाँदै थियो । राति करिब ८ बजेतिर उक्त ट्रक त्यहीँ सिमलतालनेर रोकिएको देखिएको थियो । राति जुन ठाउँमा रोकिएको देखिएको थियो, त्यहाँबाट थोरै अगाडि बढेर ट्रक तल खसेको पाइएको  डिएसपी रिजालले बताए ।

उनका अनुसार उक्त ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो ।

‘यो दुर्घटना शंकास्पद छ,’ डिएसपी रिजालले भने, ‘ट्रकका चालक र सहचालकको मोबाइल स्विच्डअफ छ । उनीहरु त्रिशूलीमा नदीमा डुबेको जस्तो पनि लाग्दैन । हामी उनीहरुलाई खोजिरहेका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE