Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद

खबरडबली संवाददाता

काठमाडौं। चार वर्षअघि आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो।

नेपालको राष्ट्रियता, सीमा र तत्कालीन सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएकी गिरीको सांसद पदमात्रै गएन उनको राजनीतिक करियर नै सकियो। अहिले उनी मूलधरको राजनीतिक सिनमा कतै देखिएकी छैनन्।

गिरीले २०७७ जेठमा संसद्मै सरकारले जारी गरेको नक्सा देशको नभएको अभिव्यक्ति दिएकी थिइन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिइन्।

यतिमात्रै होइन सांसद गिरीले नेपालको संविधान संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने मागसमेत गरेकी थिइन्। आफ्नो विवादास्पद अभिव्यक्तिमा अडिग रहेपछि न उनको सांसद पद रहृयो न राजनीतिक करियर नै।

संसद्, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट राष्ट्रियता जस्तो संवेदनशील विषयमा लगातार आपत्तिजनक अभिव्यक्ति दिएर गिरीले राजनीतिबाट हात धोएको चार वर्षपछि नेकपा ९एकीकृत समाजवादी०का उपमहासचिव मेटमणि चौधरी फेरि उस्तै विवादमा फसेका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी विवादमा फसेका हुन्। भदौ २५ गते प्राइम टिभीमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको जिकिर गरेका हुन्।

अन्तर्वार्तामा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले लिनसक्ने बताएका थिए। सुरुमा हेरौं अन्तर्वार्तामा उनले के भनेका थिएरु ‘महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो। पहिले नदी बेच्ने, अनि सरकारले चुच्चे नक्सा निकाल्यो, यसकारण भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले आफ्नो दाबी प्रस्तुत गरेको छ,’ धमलासँगको अन्तर्वार्तामा चौधरीले भनेका थिए, ‘मलाई लाग्छ उसको ९भारत० दाबी पुग्छ। दाबी पुग्छ, उसले लान पाउँछ।’

चौधरीले सीमा नाघेर बोलेको सुनेपछि धमलाले पूरक प्रश्न गरे( तपाईंले लिम्यिाधुरा, लिपुलेक र कालापानी भारत हो भनेर घोषणा गर्नुहुन्छरु जवाफमा चौधरीले भने, ‘भारतको हो नि, त्यो चुच्चे नक्सा मेरो देशको भन्न मिल्छरु यस्तो फटाहागिरी काम कसैले गर्नु हुँदैन। म अहिले पनि भन्छु त्यसबेला नेकपा एमालेको भूमिकामा गल्ती थियो। कोशी र गण्डकी नदी बेच्ने काम भयो। पछिल्लो महाकाली सन्धि गर्दाखेरी त्यो भूमि अहिले भारतले दाबी गरिरहेको छ। उसको दाबी पुग्छ। तर, आज मान्छेलाई भ्रमित पार्ने काम भइरहेको छ। मान्छेलाई बेवकुफ बनाउन चुच्चे नक्सा बनाइयो ।’

यही अभिव्यक्तिका कारण अहिले मेटमणि पनि सरिताजस्तै चरम विवादमा तानिएका छन्। आफ्नो जिब्रोमा लगाम लगाउन नसक्दा उनी विवादमा मात्रै फुसेका छैनन्, सांसद र उपमहासचिव पद नै धरापमा पर्ने देखिएको छ। राष्ट्र र राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सरिताजस्तै मेटमणिलाई पनि कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ। बेलगाम बोलीमा लगाम लगाउन नसक्दा उनीमाथि कारबाही गर्न एकीकृत समाजवादीलाई पनि दबाब छ । तर, पार्टीले भने हाल स्पष्टीकरणमात्रै सोधेको छ।

तत्कालीन सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा जारी गरेको थियो। जसमा नेपाली संसद्ले अभूतपूर्व एकता प्रदर्शन गर्दै संविधान संशोधन गरेर आफ्नो मानचित्र घोषणा गरेको थियो। जेठ ३१ मा प्रतिनिधिसभाबाट संविधान संशोधन गर्दै नयाँ नक्सा सर्वसम्मत अनुमोदन भएको थियो। नेपालभित्र सबैजसो निकायमा सोही नक्सा प्रचलनमा रहे पनि अन्तर्राष्ट्रिय समुदायबाट भने खुलस्त समर्थन पाएको छैन। यसैबीच, गत वैशाख २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाली एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो।

विवादित अभिव्यक्ति दिएका चौधरीलाई उनको पार्टी एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको छ। टिभी अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर एकीकृत समाजवादीले उपमहासचिव चौधरीसँग स्पष्टीकरण सोधेको हो। महासचिव घनश्याम भुसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन्।

प्रमुख सचेतकसमेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेका थिए। चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ।

‘तपाईंले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ उसको दाबी पुग्छ, भारतले लिन पाउँछ, कालापानी र लिपुलेक भारतको हो नि’ भन्नुभएको रहेँछ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरूले उक्त भू(भाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भू(भाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौम सत्ताविरुद्ध तपाईंले किन बोल्नु भएको हो।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीले नेपालको भूमि विदेशीको हो भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा नेता खनालले चौधरीले एकीकृत समाजवादीको समर्थकले समेत बोल्न नहुने कुरा बोलेको बताए। मेटमणिलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ। ‘त्यो अत्यन्त आपत्तिजनक कुरा हो।

एकीकृत समाजवादीको सामान्य सदस्यमात्रै होइन, समर्थकले पनि त्यस्तो कुरा सोच्न सक्दैन। आफ्नो भूमिलाई विदेशीको हो भनेर एकीकृत समाजवादीको नेताले बोल्ने कुरा पार्टी र देशविरोधी हो,’ उनले भने, ‘कसरी मेटमणिको मुखबाट यस्ता कुरा निस्किए रु म आफैं आश्चर्य चकित भएको छु । त्यसबारेमा पार्टीले स्पष्टीकरण सोधिसकेको छ । यो कुरालाई हामी गम्भीरतापूर्वक लिन्छौं। हामी कारबाही गर्छौं।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending