ललितपुर । सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले श्रीमतीसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद भएको भने पनि कतिपय घटनाक्रमले उक्त सम्बन्ध बिच्छेद नक्कली हुने आशंका देखाएका छन् ।
सहकारी बचत अपचलनसम्बन्धी घटनाहरूको छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानविन विशेष समितिका सदस्यहरूले धनराज दम्पतीको ‘सहकारी डिभोर्स’ मात्र भएको टिप्पणी गरेका छन् ।
विहीबार समितिका सभापति सूर्य थापासहितका सदस्यहरूले ललितपुरको महालक्ष्मीमा अवस्थित मितेरी सहकारीको स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत अपचलनको विषयमा समेत सोधपुछ गरेको छ ।
समितिका सभापति थापाले १६ वटा समस्याग्रस्त सहकारीको स्थगलत निरीक्षण गर्ने क्रममा मितेरीमा समेत गएर अध्यक्ष कुम्भराजसँग सोधपुछ गरिएको बताए । यसअघि समितमै बोलाएर पनि उनको बयान लिइएको थियो ।
त्यसक्रममा अध्यक्ष गुरुङले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए । उनले एक महिनाजति अघिमात्र धनराजले डिभोर्स भएको भनिएकी श्रीमती ज्योतिको नाममा ऋण समेत तिरेको बताए ।
समितिका सदस्य राजन दाहालले सक्कली सम्बन्ध बिच्छेद नभएर सहकारी डिभोर्समात्र रहेछ भन्ने टिप्पणी गरे । स्रोतका अनुसार धनराजले मन्त्री भएका बेला ८० लाख रूपैयाँको चेकसमेत सहकारीमा जम्मा गरेका थिए ।
धनराजले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् । ज्योति र धनराजले करीव ११ करोड रकम बिटक्वाइनमा लगानी गरेको र सो रकम बैंककमा बस्नेत भण्डारी थरका एक व्यवसायीमार्फत डुबेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - २१:५८
काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...
बैशाख २० गते, २०८३ - २१:३३
दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...
बैशाख २० गते, २०८३ - २१:३१
पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...
बैशाख २० गते, २०८३ - २०:२९
काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...
बैशाख २० गते, २०८३ - २०:२८
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...
बैशाख २० गते, २०८३ - २०:२५
करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार
बैशाख २० गते, २०८३ - २०:२१
काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...
बैशाख २० गते, २०८३ - २०:१८
काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...
बैशाख २० गते, २०८३ - २०:१४
काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...
बैशाख २० गते, २०८३ - २०:०५
काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...


प्रतिकृया लेख्नुहोस्: