काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले युरेनियम प्रवर्द्धन क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार नेता उन परमाणु कार्यक्रम अवलोकन गर्दै गरेको दुर्लभ तस्बीर सार्वजनिक भएको हो ।
पछिल्लो पटक सार्वजनिक भएका तस्बीरहरुले उत्तर कोरियाली नेता किम परमाणु कार्यक्रमको दुर्लभ क्षेत्रमा गएको देखिएको कोरियाको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
शुक्रबार कोरियन सेन्ट्रल न्यूज एजेन्सी९केसीएनए० को रिपोर्ट अनुसार, किमले उज्यालो, स्वच्छ गोदाममा लामो पंक्तिमा रहेका सिलिन्ड्रिकल मेसिनरीहरू भएको ठाउँको भ्रमण गरेका थिए । जुन आणविक अस्त्रका लागि हतियार परमाणु सामग्री उत्पादन गर्न प्रयोग गरिन्छ।
जब उत्तर कोरिया परमाणु हतियार कार्यक्रमलाई तीव्र बनाइरहेको हुन्छ र रुससँग सम्बन्ध बलियो पार्दै गएको हुन्छ, त्यसबखत पश्चिममा व्यापक चिन्ता उत्पन्न भएको देखिन्छ। किमको तस्बीरहरु सार्वजनिक भएसँगै त्यही भएको छ ।
किमको भ्रमणको स्थान र ठ्याक्कै मिति रिपोर्टमा खुलाइएको थिएन । तर केसिएनएका अनुसार उनको निरीक्षणको उद्देश्य स्पष्ट थियो कि परमाणु सामग्रीको उत्पादन बढाउन दीर्घकालीन योजना तयार पार्न उनी लागिरहेका छन् ।
विशेषज्ञहरूले भनेका छन्– तस्बिरहरूले किमलाई सैनिक पोशाकमा रहेका व्यक्तिहरू र सफा सेतो प्रयोगशाला शर्ट लगाएका व्यक्तिहरूसँग देखाइएको छ । यसले उत्तर कोरियाको बढ्दो आणविक आत्मविश्वासलाई प्रमाणित गर्छ ।
किमले हालसालै आणविक हतियार प्रवर्द्धबारे धेरै पटक बोलेका छन्। उत्तर कोरियाको ७६औं वार्षिकोत्सवको अवसरमा किमले देशको परमाणु अस्त्रलाई अत्यधिक विस्तार गर्ने वाचा गरेका थिए।
किमले भनेका छन् – आणविक प्रक्रियाको प्राविधिक क्षमतासँग उनी सन्तुष्ट छन् र अधिक उत्पादनका लागि सेन्ट्रीफ्युजहरूको संख्यामा वृद्धि आवश्यक भएकोमा जोड दिएका छन्।
उत्तर कोरियाली अध्ययनका प्राध्यापक पार्क वोन–गोनले भने – युरेनियम उत्पादन देखाएर, उनीहरूले संसारलाई उत्तर कोरियालाई परमाणु राज्यको रूपमा मान्यता दिनुपर्ने सन्देश पठाइरहेका छन् ।
यो खुलासा उत्तर कोरिया र पश्चिमबीचको तनावका बेला आएको छ, जहाँ अमेरिकासहितका देशहरूले उत्तर कोरियामाथि युक्रेनमा रुसको युद्ध प्रयासमा ठुलो सैन्य सहयोग पुर्याएको आरोप लगाइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: