Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा संघले बुधवार चलचित्र विकास बोर्डको सभाकक्षमा चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली चलचित्रका कलाकारहरुले चलचित्रकोे प्रवद्र्धनमा सहयोग नगरेको गुनासो सुनिएको बताएका छन् । पछिल्लो समय कलाकारहरुले आफैले स्टार स्वघोषणा गर्ने र त्यहि अनुसारको पारश्रमिक लिएर फिल्म रिलिजको समय प्रवद्र्धधन र प्रचार प्रसारमा सहयोग नगरेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।

कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिवहरी बैरागीको संयोजकत्वमा एवं संघका महासचिव सबिन श्रेक्ष्ठको सह संयोजनमा आयोजित कार्यक्रमको प्रमूख वक्ता समेत रहेका बरिष्ठ चलचित्रकमी नीर शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित धारणा राखेका थिए । ’’अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातल मेल नखानुको कारणले उत्पन्न भएको हो ।

यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौ । अहिले छलफलका विषय पनि सैद्धान्तिक र दार्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु ।

सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनय कला भनेको इम्प्रेसनहरुको एक्प्रेसन हो भन्ने बुझे । अर्थात प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौ, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुनसक्छौँ,’’ नीर शाहले भने ।

शाहले अहिलेको कलाकारहरुले पहिले कलाकारिता भनेको के हो ? र यसले कस्तो किसिमको जिम्मेवारी ग्रहण गर्छ ? भन्ने नबुझेको बताए । यदि उक्त कुराको ज्ञान सबैसँग भएको भए उनले नेपाली फिल्मको प्रवद्र्धनमा निरन्तर लागिरहने उल्लेख गरे । निर्देशक र प्राविधिकहरु विदेशी भएपनि पहिलो फिल्म आमामा शिवशंकर, बसुन्धरा भुषालहरुले सामाजीक यथार्थलाई बोध गरि फिल्म खेलेका कारण नेपाली फिल्मको विकासक्रम शुरु भएको र यसले कहिँ न कहिँ चलचित्रकोे विकास र प्रवद्र्धधन हुँदै आएको शाहले बताए ।

कलाकारले फिल्म क्षेत्रको प्रवद्र्धधन त परै जाओस्, आफूले अभिनय गरेको चलचित्रको प्रवद्र्धधनमा समेत ध्यान दिन छोडेको संघ संस्थाका प्रतिनिधिहरुको आरोप छ । विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तो प्रवृत्ति हाबी रहेको उनीहरूको भनाई थियो । 

कार्यक्रममा अहिलेका कलाकारले संघ संस्थाको महत्व समेत नबुझेको चर्चा भयो । आफूहरूलाई अप्ठ्यारो पर्दा सम्झने, संघ सस्थाले केही गरेन भन्ने र कार्यक्रम वा गतिविधिमा भने सहभागी नहुने गरेको धेरैको भनाई थियो ।

यस्तै बरिष्ठ कलाकार बसुन्धरा भुषालले कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको बताईन् । फिल्म क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नुपर्ने पनि उनले बताईन् । ’चलचित्र विकास बोर्ड अन्तर्गतमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषमा कालकारहरुको सहयोगको चासो नभएकोमा उनले दुःख व्यक्त गरिन् । 

’’एउटा फिल्मको ५ सय दिएपनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवद्र्धधनमा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामी एक जुट भयौ भने सरकालाई दबाब दिन सक्छौ ।’’ कलाकार बसुन्धराले भनिन् ।

कार्यक्रमका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरुको वारेमा चर्चा गरेका थिए । कलाकारहरुको क्षमता विकास, स्वास्थ्य अवस्था र पेशाकर्मीको सुरक्षा र अधिकारको लागि संघ लाग्दै आएको उनले बताए । 

पछिल्लो समय सरकारलाई स्वदेशी फिल्मको प्रवद्र्धन हुने गरि राष्ट्रिय चलचित्रको पक्षमा काम गर्न र कानून निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाई निरन्तर आह्वान र खबरदारी गर्दै आएको अध्यक्ष निरौलाले बताए ।

चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आफु भर्खरै बोर्डमा आएकोले योजनाहरु बनाउने क्रममा रहेको बताए । उनले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरि प्रक्रिया शुरु गरेको पनि बताए । 

बहुबर्षिय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिएता पनि आफ्नै कार्यकाल भित्र निर्माण सकिने गरि काम शुरु गर्न लागेको पनि अध्यक्ष डिसीले बताए । यस्तै आफ्नो दायित्व जे हो त्यहि मात्रै गनुपर्ने भन्दै अध्यक्ष डिसीले संघसंस्थालाई सहकार्य गर्दै आफ्नो अनुकुलको गतिविधिहरु गर्न सुझाव दिए । बोर्डले पनि आफ्नो काम मात्रै गर्छ । फिल्म बनाउने, भ्यानिटी भ्यान किन्ने, पोष्ट ल्याव खोल्ने काम बोर्डको नभएको उनले बताए ।

कार्यक्रमका अवसरमा चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चललचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले आफ्नो मन्तब्य राख्नुका साथै शुभकामना प्रकट गरेका थिए । 

कार्यक्रमको सभापति नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तब्य गरेका थिए भने धन्यवाद ज्ञापन ३६औँ स्थापना दिवस आयोजक समीतिका संयोजक तथा नेपाल चलचित्र कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिबहरी बैरागी नेपालले गरेका थिए ।

नेपाल चलचित्र कलाकाकर संघको ३६औं बार्षिकोत्सव गत २३ गते नै परेको भएपनि सो दीन ऋषि पञ्चमी परेका कारण २६ गते संघले कार्यक्रम गरेको थियो । संघले बार्षिकोत्सवको अवसरमा २३ गते चाहि बृक्षारोपण कार्यक्रम गरेको थियो । 

वृक्षारोपण कार्यक्रममा अख्तियार अनुसन्धान आयोगकी आयूत्त माननिय सुमित्रा अमात्य, उज्यालो नेपालका अभियन्ता कुलमान घिसीङ अतिथीका रुपमा थिए भने पत्रकार गोबिन्द चौलागाई को बिशेष पहलमा एवं निर्देशक लक्ष्मण सुवेदीको समन्वयमा भएको यस बृक्षारोपण कार्यक्रममा कलाकार सहित बिभिन्न समुदायको उपस्थिति रहेको कार्यक्रमको संयोजन कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल ले गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending