काठमाडौं । उपसभामुख इन्दिरा रानाले कांग्रेस–एमालेले राजीनामा माग्यो भन्दै आफुले राजिनामा दिनुपर्छ भन्ने नरहेको बताएकी छन् । उनले संविधान र कानूनभन्दा माथि कोही नभएको उल्लेख गर्दै यस्ताे बताएकी हुन् ।
उनले आफू कानूनतः चल्ने दाबी गर्दै भिनन्– “संविधान र कानूनको अधिनमा रहेर काम गर्छु, चल्छु र कसैको बहकाउमा चल्दिनँ । राजीनामा दिने वा नदिने सन्दर्भमा समयअनुसार गर्छु ।”
के हाे उपसभामुखले राजिनामा दिनै पर्ने प्रकरण ?
उपसभामुख रानाले २०७९ फागुन १२ गते शुक्रबारको मिति राखेर नेपालस्थित अमेरिकी दूतावासलाई एउटा पत्र लेखिन् । पत्रमा आफूसहित अन्य पाँच युवालाई समय र भिसा दिलाउन आग्रह गरेकी थिईन् । उपसभामुखको लेटरहेडमा लेखिएको उक्त पत्र १७ महिनापछि विवादमा आयो । आपत्तिजनक कुराचाहिँ के भने उपसभामुख रानाको सचिवालयका केही मान्छेले पत्रमार्फत सिफारिस भएका युवाहरूबाट पैसा बुझेको कुरा बाहिर आएको थियो ।
यसपछि दलहरूले उपसभामुख रानाको राजीनामा मात्रै मागेनन्, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा समितिमा उजुरीसमेत पर्यो । तर, पछि त्यो विषय यतिकै सेलायो । तर, त्यसको २ महिनापछि विषयले फेरि एकाएक चर्चा पाएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानामाथि महाभियोग लगाउन प्रस्ताव गरेपछि यो विषय संसद्सम्मै पुगिसकेको छ ।
बुधबार बसेको संसद् बैठकमा कांग्रेस र एमालेले उपसभामुख रानालाई राजीनामा गर्न आग्रह गरेका छन् । कांग्रेसले त पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसाएरै उनको राजीनामा माग गरेको छ ।
यता एमाले नेता तथा सांसदहरूले पनि उपसभामुख रानाले मार्गप्रशस्त गर्नुपर्ने माग गरिरहेका छन् । सँगै गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतले पनि कांग्रेस–एमालेकै मागलाई समर्थन गरिरहेका छन् ।
यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू उपसभामुखकै पूर्वदल राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एकीकृत समाजवादीलगायतले भने त्यसको विरोध गरेका छन् । उनीहरूले उपसभामुख रानाले राजीनामा दिन नपर्ने बताइरहेका छन् ।
तर, सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले भने उपसभामुखले राजीनामा दिनैपर्ने अडान राखेका छन् । उपसभामुख रानाले भने कांग्रेस–एमालेले भन्दैमा राजीनामा नदिने अडान कसेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: