Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गाडी गुड्न बनाइएका सडकमा पैदल हिँड्नै सकस

खबरडबली संवाददाता

बाजुरा  । बाजुराको खप्तड छेडेदह गाउँपालिका अधिकाशं गाउँ बस्तीमा  गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिड्नै सकस हुने गरेको छ । हिउँदको महिना जथाभावि निर्माण गरिएका ती सडकमा वर्खाको समय लगातार पहिरो बग्न थालेपछि अहिले यहाँका स्थानीयलाई त्यो सडकमा हिड्नै सकस हुने गरेको हो ।

हिउँदको महिना खनेका ती सडकमा वर्खाको समय पहिरो बग्ने गरेकोले यहाँका बालबालिकालाई समेत विद्यालयमा आउजाउमा समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका –२ पीपलगाउँका स्थानीय पदम बुढाले बताए । गत साउनमा परेको अविरल वर्षाका कारण पीपल गाउँ देखि कुर्पे मथर्पु सम्म जाने सडकमा पहिरो गएपछि अहिले यहाँका बालबालिकाहरुलाई विद्यालय आउन जाननै जोखिम मोल्दै हिड्नु परेको उनले बताए ।

भत्किएका सडकलाई समयमै मर्मत सम्भार नगर्ने हो भने हिउँदको महिनामा पनि यहाँका स्थानीय ती सडकमा आउज जाउ गर्न निकै समस्या हुने बुढाले बताए ।खप्तड छेडेदह गाउँपालिका पीपल गाउँ गाँज्रा कुर्पे लगायतका अधिकाशं सडक वर्खाको समय पहिरो गएर अवरुद्ध भएका छन् ।

लगातार पानी पर्दै गएकोले अहिले सम्म ती सडकको मर्मत सम्भार कार्य रोकिएको छ । सडक मर्मत सम्भारको काम रोकिएपछि यती बेला यहाँका स्थानीयलाई वडा कार्यालय तथा बालकालिकाहरुलाई विद्यालय आउन समस्या भएको छ । सडकमा गएको पहिरोले गाउँ बस्तीमा समेत जोखिम बढेको छ । यहाँका गाउँ बस्तीको माथिबाट खनेको सडकमा पहिरो जान थालेपछि त्यसले पुरै गाउँ बस्तीलाई नै थप जोखिम पार्ने गरेको हो ।

गत असार देखि गाउँमा पुगेको सडक पहिरोको कारण अवरुद्ध भएकोले यती बेला ती सडक मर्मत गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका  –२ का अध्यक्ष भक्त बुढाले बताए । गाउँ कार्यपालिकाको बैठममा सडक मर्मत सम्भार गर्ने भन्ने निर्णय भएको  र त्यसका लागि प्राविधिकको टोली पनि सर्भे गर्नका लागि यहाँका प्रत्येक वडमा पुगेका उनले बताए ।

उनीहरुले सर्भे गरेको रिपोट फेरि गाउँपालिकामा पुगेपछि अवरुद्ध भएका सडक मर्मत सम्भार गरिने बुढाले बताए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending