Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विदेशी बोलाएर प्रहरीमाथि आक्रमण गर्ने घैँटेका सहयोगीको यस्तो थियो योजना

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएmएससमेत फेला परेको प्रहरीको भनाई छ । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीकाे खबर छ–
\"ghaita1\"आक्रमण गर्न विदेशी बोलाएको प्रहरीको दाबी एसएसपी सर्वेन्द्र खनाल भन्छन्– उनीहरूले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टेलिफोन रेकर्ड र एसएमएसहरू फेला परेको छ । आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान हुँदै छ । न्युरोडमा अन्डरग्राउन्ड थिए साजन गुरुङ साजन गुरुङ पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्टवान्टेड थिए । उनी न्युरोडको एक घरमा गोप्य रूपमा बस्दै आएका थिए । सबै कोठामा ताला लगाइएको घरमा मंगलबार चारपटक सर्च गर्दा मात्र प्रहरीले उनी बस्ने कोठा पत्ता लगायो । काठमाडाैं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेलापारेको प्रहरीको भनाइ छ। आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ । उनीहरू प्रहरी इन्काउन्टरमा मारिएका डन घैँटको समूहका हुन् । साजन हत्या अभियोगमा मोष्ट वान्टेडसमेत हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरूले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरू फेलापरेको बताए । ‘आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी खनालले भने, ‘थप अनुसन्धान हुँदै छ ।’ प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि आक्रमण योजना बनाएका थिए । पक्राउ परेका कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्तकर्ताको काम गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख रुपैयाँको डिल भएकोसमेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रूपमा काम गर्दै आएका थिए । केही भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको र सूचना चुहिएपछि उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको पनि प्रहरीले दाबी गरेको छ । केही बलिया आधार भेटिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूले बताएका छन् । कपुरधारास्थित आफ्नै घरनजिकै ३ भदौमा घैँटे प्रहरीसँगको मुठभेडमा मारिएका थिए । घटनापछि घैँटेको सम्पत्तिबारे छानबिन थालेपछि उनका सहयोगीहरू आत्तिएको प्रहरीले जनाएको छ । प्रहरी आक्रामक भएपछि गुन्डाका नाइकेहरू सबैजसोले काठमाडौं छाडिसकेका छन् । केहीले भाडामा व्यक्तिहरू प्रयोग गरेर आक्रमणको योजना बनाएको प्रहरी स्रोत बताउँछ । साजन न्युरोडमा अन्डरग्राउन्ड पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्टवान्टेड रहेका साजन गुरुङ न्युरोडको एक घरमा निकै गोप्य रूपमा बस्दै आएको सूचनाका आधारमा प्रहरी मंगलबार सर्चमा गयो । प्रहरीले घर पत्ता लगायो । तर, घरमा कोही थिएनन् । सबै कोठामा ताला लगाइएको थियो । प्रहरीसँग भने गुरुङ त्यही घरभित्र गोप्य रूपमा लुक्दै आएको सूचना थियो । चारपटक घर सर्च गर्दा मात्र प्रहरीले गुरुङ बस्ने कोठा पत्ता लगायो । बाहिरबाट ताला लगाएर गोप्य रूपमा सुरुङजस्तो बनाएर गुरुङ लुकेका थिए । लामो समयदेखि उनी त्यसरी सो घरभित्र लुक्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेकाले उनी एक्लै सो घरमा बस्दै आएका थिए । केही आफ्ना सहयोगीलाई कहिलेकाहीँ मात्र उनले भेट्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही घरभित्र बसेर गुरुङले सहयोगीहरू परिचालन गरी धम्क्याएर असुली धन्दा चलाउँदै आएका थिए । गुरुङसँग प्रहरीले भारतीय निर्वाचन आयोगले हेमन्त गुरुङको नाममा जारी गरेको परिचयपत्रसमेत फेलापारेको छ । ठेक्काको कमिसन विवादमा हत्या सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजनको समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । २४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए । नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो । हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले गजुरेललाई सहयोग गरेको थियो । तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो । सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए । आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending