Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सामूहिक हत्याको मुद्दा चलाउन हसिनालाई स्वदेश फर्काउने तयारी

खबरडबली संवाददाता

काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ ।  नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई हालैका विद्यार्थी आन्दोलनका क्रममा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन आवश्यक कदम चालिने बताएका हुन् ।

अगस्ट ५ मा सरकार विरोधी प्रदर्शन चरम सीमामा पुगेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भइन् र देश छोडेर भारत गएकी थिइन् ।  ‘डेली स्टार’ अखबारले प्रमुख अभियोजक इस्लामलाई उद्धृत गर्दै भारतसँगको सुपुर्दगी सन्धिअनुसार पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने जनाएको छ । हसिनालाई प्रदर्शनको क्रममा सामूहिक हत्याको आरोपमा मुद्दा चलाउने उनको भनाइ छ ।

ढाकाको न्यायाधीकरण परिसरमा पत्रकार सम्मेलनमा उनले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवताविरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आग्रह गर्नेछौं ।’

अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले गत महिना हसिना र अन्य नौ जनामाथि जुलाई १५ देखि अगस्ट ५ सम्म भएको विद्यार्थी आन्दोलनमा नरसंहार र मानवता विरुद्धको अपराधको आरोपमा अनुसन्धान सुरु गरेको थियो ।

इस्लामले न्यायाधीकरण र यसको अनुसन्धान टोलीलाई नयाँ न्यायाधीश र अनुसन्धानकर्ता नियुक्त गरेर पुनर्गठन गर्नुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending