काठमाडौं । बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई हालैका विद्यार्थी आन्दोलनका क्रममा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन आवश्यक कदम चालिने बताएका हुन् ।
अगस्ट ५ मा सरकार विरोधी प्रदर्शन चरम सीमामा पुगेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भइन् र देश छोडेर भारत गएकी थिइन् । ‘डेली स्टार’ अखबारले प्रमुख अभियोजक इस्लामलाई उद्धृत गर्दै भारतसँगको सुपुर्दगी सन्धिअनुसार पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने जनाएको छ । हसिनालाई प्रदर्शनको क्रममा सामूहिक हत्याको आरोपमा मुद्दा चलाउने उनको भनाइ छ ।
ढाकाको न्यायाधीकरण परिसरमा पत्रकार सम्मेलनमा उनले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवताविरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आग्रह गर्नेछौं ।’
अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले गत महिना हसिना र अन्य नौ जनामाथि जुलाई १५ देखि अगस्ट ५ सम्म भएको विद्यार्थी आन्दोलनमा नरसंहार र मानवता विरुद्धको अपराधको आरोपमा अनुसन्धान सुरु गरेको थियो ।
इस्लामले न्यायाधीकरण र यसको अनुसन्धान टोलीलाई नयाँ न्यायाधीश र अनुसन्धानकर्ता नियुक्त गरेर पुनर्गठन गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: