Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मानिसले किन गर्छ आत्महत्या ?

आत्महत्या गर्नेमहिलाभन्दा पुरुषकाे स‌ख्या दोब्बर

डा. रोजन पोख्रेल
डा. रोजन पोख्रेल

कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो। घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन्। नेपालमा वर्षेनी यस्ता कारणबाट धेरै मानिसले आत्महत्या गरेका हुन्छन्।

 नेपालमा सरदर प्रतिवर्ष सात हजार मानिसले आत्महत्या गरेको देखिन्छ। विस्तृत रुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाइन्छ।
आ.व. २०७८/०७९ – ६८३०
आ.व. २०७९/०८० – ६९९३
आ.व. २०८०/०८१ – ७२२१

माथिको तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ। गत आ.व. अर्थात् आ.व. २०८०/०८१ को तथ्यांक हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइन्छ। गत आ.व.को आत्महत्याको दरलाई निम्नअनुसार प्रस्तुत गरिएको छ।
झुण्डिएर – ८५ प्रतिशत
विष खाएर – १३ प्रतिशत
हाम फालेर – ०.७ प्रतिशत
डुबेर – ०.६६ प्रतिशत
हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत
आगो लगाएर – ०.०९ प्रतिशत
करेन्ट लगाएर – ०.०१ प्रतिशत

महिलाहरुमा आत्महत्याको सोचाइ धेरै आएको देखिए पनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ।

मानिसहरु किन आत्महत्या गर्छन् ?
मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन्। तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ। लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुने गर्दछ। त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ।

 डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ। अरु लक्षणहरुमा निन्द्रा नलाग्नु, खाना रुची नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन्।

डिप्रेसन किन हुन्छ ?
१.आर्थिक समस्या: 
अहिलेको कोभिडपछिको समयमा मानिसको आम्दानी घट्नु, बैंकको ऋण तिर्न नसक्नु, घरखर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको
पाइन्छ।
२. पारिवारिक कलह: श्रीमान श्रीमती, प्रेमी प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानुपनि डिप्रेसनको कारण हुनसक्छ।
३. कडा रोगको शिकार हुनु: ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ।

४.सोचेजस्तो गर्न नसक्नु: परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ।
स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरुमा पनि आत्महत्या गरेको देखिएको छ।

कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?
– कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाँही हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिन सके
आत्महत्या रोक्न सकिन्छ।
– यदी कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रुपमा लिनुहुँदैन। उसलाई कुन समस्याले यस्तो भयो त्यो
बुझ्ने कोशिष गर्नुपर्छ।
– कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ।
– कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरु राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ।
– हालसालै कठिन परिस्थितीबाट गुज्रिएको छ भने जस्तै, नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए।
– आफूलाई मनपर्ने कुराहरु पनि अरुलाई दिएको, पुराना कुराहरुमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविश्यको
बारेमा कुनैपनि योजना नबनाएको छ भनेपनि याद गर्नुपर्ने हुन्छ।

के आत्महत्या रोक्न सकिन्छ ?
माथिका संकेतहरु बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ।

मनोचिकित्सकसँग भेट र मनोपरामर्श :
मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै: डिप्रसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सहि पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले विरामीको समस्याको बारेमा बुझेर आवश्यक औषधीहरु र उचित परामर्श दिने काम गर्दछन्।

मनोविद्ले पनि साईकोथेरापीको माध्यामबाट विरामीको मनोवल उच्च गर्ने काम गर्दछन्। नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ। पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ।

मानसिक रोगहरुमा मानिसहरु अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो। त्यसको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले पनि ईन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्नसक्ने प्रविधि भित्र्याएका छन्। यो पनि आत्महत्या कम गर्न
सक्ने उपयुक्त विकल्प हुनसक्छ।

(डा. पोख्रेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending