काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएकोप्रति आक्रोश व्यक्त गर्दै सो कार्यक्रमका लागि भएको खर्च प्रधानमन्त्रीको निजी सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए ।
दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले भ्याउँदिन भनेर कार्यक्रम स्थगित भएको थियो ।
उनले भने ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए । त्यतिमात्रै होईन, डा। सन्दुक रूइत जानुभयो । हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो । अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो रु त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’
सांसद शाहीले प्रधानमन्त्री विरामी भएको, मौसम खराबी भएको भए आफूहरुले मान्ने तर कार्य व्यवस्ताले सो कार्यक्रममा नजानु स्वीकार्य नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १७:२६
काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...
माघ १२ गते, २०८२ - १६:५९
विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...
माघ १२ गते, २०८२ - १६:३९
रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने
माघ १२ गते, २०८२ - १६:३२
काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...
माघ १२ गते, २०८२ - १६:२१
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...
माघ १२ गते, २०८२ - १६:१३
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...
माघ १२ गते, २०८२ - १६:०५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...
माघ १२ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...




प्रतिकृया लेख्नुहोस्: