Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

छाडा चौपायाका कारण धानबाली जोगाउन सकस

खबरडबली संवाददाता

कपिलवस्तु। कपिलवस्तुको १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्नु चुनौती बनेको छ।  कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन्।  जसले बालीनाली मात्र नाश गरेका छैनन् पशु चौपायाकै कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ।  

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का कृषक जनार्दन यादवका अनुसार खेतमा लगाइएको धानबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ।  आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको उनको भनाइ छ।  उनले भने, ‘छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन्।  रात परेपछि खेतबारीमा लगाएको धानबाली नोक्सान गर्दछन्। ’ 

कपिलवस्तु नगरपालिका ३ का कृषक विजय चौधरीका अनुसार छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परेको छ।  

अधिकारकर्मी पशुपतिमणि त्रिपाठीका अनुसार पालिकाले दीगोरूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा देखिएको बताउनुभयो।  छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ।  

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख एवम् प्रहरी निरीक्षक अनिश भण्डारीका अनुसार सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको बताए।  

पशु चौपाया सडकमै बस्ने भएकोले रातको समयमा बढी दुर्घटना हुने गरेकाले दीगो व्यवस्थापन गर्नुपर्ने बताए ।  गत आर्थिक वर्षमा छाडा चौपायाका कारण तीन वटा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु समेत भएको उनले बताए।  छाडा चौपायाले अन्नबाली खाएर नष्ट गरेको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दाले छाडा चौपाया गाई, गोरु गाउँपालिका कार्यालय परिसरभित्र थुनिदिँदा गाउँपालिकाको सम्पूर्ण काम ठप्प भएको थियो। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसको कोठाभित्र एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अ...

निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्तत: सम्पर्कमा

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्तत:सम्पर्कमा आएको छन् ।   भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिल...

शुक्लाफाँटा निकुञ्जमा हराएका बेल्डाँडीका तीन महिला सकुशल उद्धार, १४ जनाको खोजी अझै जारी

धनगढी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३, चौन्नीका तीन जना महिला सकुशल फेला परेका ...

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निष्कर्ष, केन्द्रको निर्देशन कुर्ने

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगर्ने भएको छ। सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलक...

उद्योग दर्ता, नवीकरण र कर भुक्तानी प्रक्रिया जटिल बनेको व्यवसायीको गुनासो

नेपालगन्ज। बाँकेका उद्योगी, व्यवसायीले उद्योग दर्ता, नवीकरण र कर भुक्तानीको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीले विभिन्न समस्या भोग्न बाध्य भएको ग...

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजीमा प्रहरी र सेना परिचालन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ जना महिला सम्पर्कविहीन भएका छ...

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

हङकङ। संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । य...

रुपन्देहीको सैनामैनामा २४ घण्टामै सबैभन्दा बढी वर्षा

काठमाडौँ। पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस  क्षेत्रमा १५३.२ मिलिमिटर...

६६ पालिकाका सुकुमबासीलाई ३५ दिनभित्र आवेदन बुझाउन सरकारको अन्तिमपटक आह्वान

काठमाडौं। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तथा बसोबास व्यवस्थापनको प्रक्रियामा सहभागी हुन अन्तिमप...

प्रधानमन्त्री शाहले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग आज विशेष छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग आज विशेष छलफल गर्ने भएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending