Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

राजनीति छडेर सम्बृद्धिका लागि कृषि क्रान्तिमा माओवादी पूर्वनेता थापा

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसायमा लागेका छन् ।  पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी बनन भन्दा विगत २ वर्षदेखि उनी एग्रो टुरिजम ब्यवसायमा लागेका हुन् । 

रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेका थापालाई विगतमा पनि रिर्सोट सञ्चालनको अनुभव रहेको कारण अहिले एग्रो टुरिजम थालेको बताउँछन् । 

उनले आफुले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको भएपनि जनतामा पुनः निरााशा मात्रै रहेको हुँदा राजनीतिलार्ई पर सारेर व्यवसायमा लागेको बताउँछन्् । 

आफुले राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि ब्यक्तिगत रुपमा कुनै खालको अवसर नलिएकोे उनको भनाइ छ  । सधैँ अरुको भर्याङ हुनु भन्दा कुनै व्यवसाय गरेर आफु सहित अरुलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौं र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकुँ भन्नका लागि ऋणपान गरेर ब्यवसाय थालेको थापाले बताए ।

थापाले भक्तपुरको खरीपाटीस्थीत मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्बृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर एकान्त एग्रो रिर्सोट थालेका छन् । 

उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अग्र्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दुध दिने गाइ रहेका छन् । जसले करिब २०० लिटर दैनिक दुध दिइरहेका छन् । 

बस्न, खान आउने पाहुनाहरुको माग पुरा गर्न दर्जनौ हाँस, सयौं लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्कि र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुइ पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ । 

करिब २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिट्टै उद्घाटन गर्ने लक्ष्य बनाएका थापाले रिर्सोट निर्माणको काम करिब सकिएको पनि बताए । 

रिर्सोट सञ्चालनमा आइसकेपनि केही संरचना तयारी गरि छिट्टै उदघाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको भनाइ छ ।

पारिवारीक वातावरणमा बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुन चाहे दोयर दुध खान सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफनै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अग्र्यानिक उत्पादनहरुको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खशि जस्ता सबै खालका लोकल चीजहरुको उपलब्धता रिर्सोटमा रहेको उनले बताए । 

त्यसैगरी जुम्लाको मार्सी चामल, सिमि, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अग्र्यानिक खानेकुरा आफनो रिर्सोटमा पाइने उनले बताए । उदघाटन नएपनि रिर्सोटबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको व्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफनो रिर्सोटमा ८–१० जनाले रोजगारी पनि पाएको थापाको भनाइ छ । 

साथै उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा छुट्टै माटाका घर र पढ्ने लेख्नेहरुका लागि लाइबेरी समेत बनाइने उनले सुनाए ।

अहिलेको राजनीति घृणित भएको, नेताहरु भष्ट्राचारमा लागेको र आफुहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जिवन कृषि पर्यटनको क्षेत्रमा सर्मपित भएर लाग्ने थापाको भनााइ छ  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending