मेक्सिको सिटी। लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानुनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् ।
निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना रहेको छ ।
यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ ।
सिनेटमा प्रदर्शन गरेका प्रदर्शनकारीले बुधबार उक्त प्रस्तावमाथि मतदान हुने अपेक्षा गर्दै ‘न्यायपालिका ढल्ने छैन’ भन्ने नारा लगाएका थिए ।
सिनेटका समितिहरूले आइतबार राती उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसा गर्ने कुनै कानुनी आधार नभएको बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ११:२७
काठमाडौं । ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि तथा सम्भावित आर्थिक अनियमितताका विषयमा संघीय संसद्को सार्वजनिक लेखा...
आषाढ़ ३० गते, २०८३ - ११:०३
तनहुँ । लगातारको वर्षापछि खसेको पहिरो हटाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एकातर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपाल...
आषाढ़ ३० गते, २०८३ - १०:४२
जनकपुरधाम । जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेट गरी उनीहरूका म...
आषाढ़ ३० गते, २०८३ - १०:३२
सुलीकोट। गोरखामा धान रोपाईको चटारो चलिरहेका बेला रासायनिक मल अभाव देखिएको छ । किसानलाई पाँच किलो मल लिनका लागि पाँच घण्टा लाइनमा बस्नुपर्ने बाध्यता भए...
आषाढ़ २९ गते, २०८३ - १७:५५
मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...
आषाढ़ २९ गते, २०८३ - १७:३६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...
आषाढ़ २९ गते, २०८३ - १७:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...
आषाढ़ २९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...
आषाढ़ २९ गते, २०८३ - १६:४८
काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...
आषाढ़ २९ गते, २०८३ - १६:४०
काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...



प्रतिकृया लेख्नुहोस्: