Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

माओवादी सरकार हैन, पार्टी बनाउन केन्द्रित भएकाे छः प्रचण्ड

खबरडबली संवाददाता

विराटनगर ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले सरकार नभइ पार्टी बनाउने तिर केन्द्रित रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रलाई अहिले सरकार बनाउने खेलमा आफ्नो रुची नभएको उल्लेख गरेका हुन् । 

‘हामी सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित भएका छौं,’ उनले भने, ‘हामीले देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरेका छौं ।’ उनले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले)लाई धन्यवाद भनिसकेको पनि बताए । ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ दाहालले भने । 

दाहालले कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे । भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू नेतृत्वको सरकारलाई टिक्न नदिएको उनको भनाइ छ । ‘कांग्रेस र एमाले जुन मान्यतामा आधारित भएर अघि बढे । त्यसमा हाम्रो एजेन्डा मिल्ने कुरै भएन,’ उनी भन्छन्, ‘एजेन्डामा मिलेर जान चाहेको भए त हामी तयार नै थियौं । तर, हामीले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा त्यसबाट बच्ने र भ्रष्टाचारीलाई जोगाउने काम भएकोमा हाम्रो आपत्ति हो ।’  

आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको उनको जिकिर छ । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाइ थियो नि त, त्यसले त काम गर्दो रहेछ त ? सतर्क हुन जरुरी छ । मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन,’ दाहालले भने । 

उनले समानुपातिक र समावेशी उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार भएको बताए । त्यो अधिकारलाई कुनै तरिकाले कमजोर पार्ने काम सह्य नहुने बताउँदै उनले भने  ‘मैले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउनकै लागि त्यत्रो विद्रोह र आन्दोलनको नेतृत्व गरेको हुँ ।’

संविधानसभाबाट एकहदसम्म जनतालाई अधिकार प्राप्त भएको पनि दाहालले बताए । ‘सबैभन्दा धेरै अधिकार मधेसी र मुस्लिम समुदायले पाएका छन् । नागरिकताको समस्यादेखि मिटरब्याजको समस्या समाधान गर्न कानुन बनाएरै काम गरेका छौं,’ उनले भने, ‘मधेसमा लाखौं युवा नागरिकताविहीन थिए । मधेसका जनताले माओवादीलाई धन्यवाद दिनुपर्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending