काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन् । उक्त चलचित्र आगामी २०८१ कार्तिक ३० गते रिलिजमा आउने उनले जानकारी गराए ।
उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन् ।
गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ । गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ । नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र, मिसिङः केटी हराएको सूचना, यही दृष्टिकोणको प्रमाण हो ।
यस चलचित्रमा पहाडी समुदायका युवती र मधेसी समुदायकी युवाको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ । यस चलचित्रका लेखक÷निर्माता÷निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङ्गको निर्माणका लागि पाएको प्रेरणाको बारेमा आफ्नो अनुभव साटेका छन्। “नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ । यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,” निर्देशक गौचनले भने, “यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।”
चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता÷जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन÷र्याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।
चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: