काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन वडाध्यक्ष तेली र वडा सदस्य नरेशप्रसाद बढईसहित १७ जनाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले गैर–नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको आरोप अख्तियारले लगाएको छ । तत्कालीन वडाध्यक्ष तेलीले भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनेर प्रमाणित गराएको अभियोगपत्रमा उल्लेख छ ।
‘तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीले भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनेर मुचुल्का तयार पारेर सिफारिस गरी प्रमाणित गरेको पाइएको छ,’ अख्तियारले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन वडा सदस्य नरेशप्रसाद बढई सर्जमिन मुचुल्काको रोहवरमा बसेको देखिँदा उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।’
गलत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, बृजभूषणनाथ योगी, नारद कुर्मी, कपिलदेव कुर्मी, राधेश्याम बनिया र पशुपति बनियालाई मतियारको मुद्दा लगाइएको छ ।
सोमै कहार, भगौती चमार, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, मजिद जोलाहाले मुख्य प्रतिवादी ओमप्रकाश तेलीको मुख्य मतियार भई मुचुल्कामा सहीछाप गरेको अभियोगपत्रमा उल्लेख छ ।
भारतीय नागरिक मेहराविरुद्ध पनि मुद्दा दायर गरिएको छ । साथै गलत स्थलगत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री, भगौती चमार र हरिशंकर बनियालाई पनि मतियारको रूपमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: