Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अनुकूल वर्षाले महोत्तरीमा लहलहायो धान

खबरडबली संवाददाता

महोत्तरी । यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन् । असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई साउन मध्ययताको दुईरतीन दिनको फरकमा परिरहेको पानी ‘अमृत’ झैं बनेको छ ।

समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन् । महोत्तरीसहितका मधेशका अधिकांश ठाउँमा बुधबार रातिदेखि परेको पानी धानबालीलाई अनुकूल भएको किसानको भनाइ छ ।

‘असारमा पानी नपर्दा रोपाइँ अलि ढिलो भयो, तर साउन मध्यताका रोपिएको धानलाई भने त्यसयताको अनुकूल वर्षाले मद्दत गरेको छ’, भंगाहा–४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्छन्, ‘भदौ लागेदेखि नै धानका लागि अनुकूल वर्षा भइरहेको छ, यसपालि धानबाली राम्रो भित्रिने आश जाग्यो ।’

साउन मध्ययता परीरहेको पानीले रोपोलाई हलक्क बढाएको फुयाँल बताउँछन् । भदौ तेस्रो साता चल्दै गर्दा अहिले परेको पानी अघिल्लो रोपो पोटाउन र पछिको रोपो गाँजिन मद्दत पुगेको उनको भनाइ छ ।

जिल्लामा यसपालि समयमा बीउ तयार नहुँदा र पानी नपर्दा धान रोपाइँ पछि परेको थियो । अधिकांश किसानले साउन मध्यदेखि तेस्रो साताबीचमा धान रोपेका हुन् । साउन मध्यअघि रोपिएको धानखेतमा धजा फाटेको सम्झँदै किसान त्यसयता भने राम्रो पानी पर्दा धान मज्जाले लहलहाएको बताउँछन् ।

साउन मध्यअघिको प्रचण्ड राप र खडेरी सम्झदै किसान त्यसयताको अनुकूल वर्षाले उत्साहित बनेका छन् । ‘धानको रोपो पानी नभएर पहेँलिदै गएको थियो, तरकारीबालीका लहरा र बोट सुक्दै गएका थिए’, भंगाहा–४ थारुटोल बनराका ७५ वर्षीय किसान रामधारी सिंह थारु भन्छन्, ‘बालीनालीबाट आस मर्दै गएका बेला साउन मध्ययता केही दिनको फरकमा परिरहेको पानी अमृत भएको छ ।’

साउन मध्ययताको वर्षा मन्दमन्द परिरहेको र धानखेतमा सधैं नयाँ पानी बगिरहेपछि धानको रुखी ९रुप० फेरिएको किसान बताउँछन् । पछिल्ला वर्षाले नयाँ तरकारी खेती भने लगाउन दिएको छैन । तरकारी बाली लगाउन पानी रहेर ९वर्षा थामिएर० सतहको माटो रुखो हुनपर्ने हुँदा अनुकूलता नमिलेको किसान बताउँछन् ।

नयाँ बाली लगाउन नपाए पनि पहिलेका तरकारीका बोट र लहरा समुचित चिस्यान पाइरहेपछि फेरिएका छन् । पुराना बोट र लहरामा मनग्य चिचिला र फल लागेका भङ्गाहा–४ का तरकारी उत्पादक किसान बहुरा महतो बताउँछन् ।

पछिल्लो वर्षा किसानका लागि मात्र नभएर ज्यालादारीमा काम गरेर गुजारा गर्ने श्रमिक, डुल्दै व्यापार गर्ने साना व्यापारी र आम सर्वसाधारणलाई पनि आशावादी बनाएको छ । गर्मीको प्रचण्ड रापले काममा जान नसक्दा गुजारा संकटमा परेका श्रमिक अचेल दुईरतीन दिनको फरकको वर्षाले मौसम शीतल बनाएपछि नियमित काममा जान पाएका छन् ।

जिल्लामा यसपालि साउन मध्ययताको वर्षाले अपेक्षित धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । यसपालि ९० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको र बाली पनि अहिलेसम्म सन्तोषजनक रहेको कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादवले बताए ।

जिल्लामा कुल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । पानी रामै्र चाहिने धनखेतीलाई यहाँ कुलो नहर लाग्ने स्थायी सिञ्चित खेत १० प्रतिशतमात्र हुँदा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

यही अवस्थाले ठिक समयमा धानखेती लगाउन नपाइएको किसान बताउँछन् । यो अवस्था अन्त्य गरी सिँचाइ सुविधा बढाउन पछिल्ला वर्षहरुमा भूमिगत सिँचाइका योजना सञ्चालन गरिएका कार्यालयले जनाएको छ ।

यसअन्तर्गत स्यालोट्युबेल, बोरिङ्ग, इनार, पम्पसेट जडानमा ७५ प्रतिशतसम्म अनुदानसहित किसानलाई सिँचाइ कार्यमा सघाउ पुर्‍याउन कृषि विद्युत मिटरको प्रबन्ध गरिएको यादवको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending