Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

अनुकूल वर्षाले महोत्तरीमा लहलहायो धान

खबरडबली संवाददाता

महोत्तरी । यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन् । असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई साउन मध्ययताको दुईरतीन दिनको फरकमा परिरहेको पानी ‘अमृत’ झैं बनेको छ ।

समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन् । महोत्तरीसहितका मधेशका अधिकांश ठाउँमा बुधबार रातिदेखि परेको पानी धानबालीलाई अनुकूल भएको किसानको भनाइ छ ।

‘असारमा पानी नपर्दा रोपाइँ अलि ढिलो भयो, तर साउन मध्यताका रोपिएको धानलाई भने त्यसयताको अनुकूल वर्षाले मद्दत गरेको छ’, भंगाहा–४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्छन्, ‘भदौ लागेदेखि नै धानका लागि अनुकूल वर्षा भइरहेको छ, यसपालि धानबाली राम्रो भित्रिने आश जाग्यो ।’

साउन मध्ययता परीरहेको पानीले रोपोलाई हलक्क बढाएको फुयाँल बताउँछन् । भदौ तेस्रो साता चल्दै गर्दा अहिले परेको पानी अघिल्लो रोपो पोटाउन र पछिको रोपो गाँजिन मद्दत पुगेको उनको भनाइ छ ।

जिल्लामा यसपालि समयमा बीउ तयार नहुँदा र पानी नपर्दा धान रोपाइँ पछि परेको थियो । अधिकांश किसानले साउन मध्यदेखि तेस्रो साताबीचमा धान रोपेका हुन् । साउन मध्यअघि रोपिएको धानखेतमा धजा फाटेको सम्झँदै किसान त्यसयता भने राम्रो पानी पर्दा धान मज्जाले लहलहाएको बताउँछन् ।

साउन मध्यअघिको प्रचण्ड राप र खडेरी सम्झदै किसान त्यसयताको अनुकूल वर्षाले उत्साहित बनेका छन् । ‘धानको रोपो पानी नभएर पहेँलिदै गएको थियो, तरकारीबालीका लहरा र बोट सुक्दै गएका थिए’, भंगाहा–४ थारुटोल बनराका ७५ वर्षीय किसान रामधारी सिंह थारु भन्छन्, ‘बालीनालीबाट आस मर्दै गएका बेला साउन मध्ययता केही दिनको फरकमा परिरहेको पानी अमृत भएको छ ।’

साउन मध्ययताको वर्षा मन्दमन्द परिरहेको र धानखेतमा सधैं नयाँ पानी बगिरहेपछि धानको रुखी ९रुप० फेरिएको किसान बताउँछन् । पछिल्ला वर्षाले नयाँ तरकारी खेती भने लगाउन दिएको छैन । तरकारी बाली लगाउन पानी रहेर ९वर्षा थामिएर० सतहको माटो रुखो हुनपर्ने हुँदा अनुकूलता नमिलेको किसान बताउँछन् ।

नयाँ बाली लगाउन नपाए पनि पहिलेका तरकारीका बोट र लहरा समुचित चिस्यान पाइरहेपछि फेरिएका छन् । पुराना बोट र लहरामा मनग्य चिचिला र फल लागेका भङ्गाहा–४ का तरकारी उत्पादक किसान बहुरा महतो बताउँछन् ।

पछिल्लो वर्षा किसानका लागि मात्र नभएर ज्यालादारीमा काम गरेर गुजारा गर्ने श्रमिक, डुल्दै व्यापार गर्ने साना व्यापारी र आम सर्वसाधारणलाई पनि आशावादी बनाएको छ । गर्मीको प्रचण्ड रापले काममा जान नसक्दा गुजारा संकटमा परेका श्रमिक अचेल दुईरतीन दिनको फरकको वर्षाले मौसम शीतल बनाएपछि नियमित काममा जान पाएका छन् ।

जिल्लामा यसपालि साउन मध्ययताको वर्षाले अपेक्षित धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । यसपालि ९० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको र बाली पनि अहिलेसम्म सन्तोषजनक रहेको कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादवले बताए ।

जिल्लामा कुल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । पानी रामै्र चाहिने धनखेतीलाई यहाँ कुलो नहर लाग्ने स्थायी सिञ्चित खेत १० प्रतिशतमात्र हुँदा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

यही अवस्थाले ठिक समयमा धानखेती लगाउन नपाइएको किसान बताउँछन् । यो अवस्था अन्त्य गरी सिँचाइ सुविधा बढाउन पछिल्ला वर्षहरुमा भूमिगत सिँचाइका योजना सञ्चालन गरिएका कार्यालयले जनाएको छ ।

यसअन्तर्गत स्यालोट्युबेल, बोरिङ्ग, इनार, पम्पसेट जडानमा ७५ प्रतिशतसम्म अनुदानसहित किसानलाई सिँचाइ कार्यमा सघाउ पुर्‍याउन कृषि विद्युत मिटरको प्रबन्ध गरिएको यादवको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending