Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पूर्वपञ्च बस्याल बने गण्डकीको पर्यटन मन्त्री

खबरडबली संवाददाता

पोखरा । प्रदेशसभाको दोस्रो कार्यकालका लागि २०७९ सालको प्रदेशसभा चुनावमा पर्वत १(ख) बाट एमाले नेता मित्रलाल बस्याल निर्वाचित भएका थिए । संसद्‌मा सबैभन्दा ज्येष्ठ सदस्यको रुपमा सोही वर्ष १३ पुसमा उनले तत्कालीन प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयता शपथ लिएका थिए।

२०१४ भदौ ५ मा पर्वतको हुवास (हाल पैयूँ गाउँपालिका ५) मा जन्मिएका उनी अहिले ७३ वर्षका भए। उमेरमा पाका उनै बस्यालले अहिले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

संघीय सरकारमा कांग्रेस–एमाले सत्तागठबन्धनमा सहमतिको ठिक २ महिनापछि गण्डकी सरकार पुनर्गठन हुँदा एमालेले उनलाई मन्त्री पद दिएको हो । एमाले उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङनिकट बस्यालले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् । उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् ।

नवलपुरकी पदमा जिसी श्रेष्ठ नेतृत्वमा ४ मन्त्री लिएर एमाले सरकारमा गएको छ। पदमाले कृषि, भूमि, व्यवस्था तथा सहकारी, बागलुङका कृष्णप्रसाद पाठकले स्वास्थ्य र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातको जिम्मेवारी पाएका छन् । योसँगै गण्डकीमा ९ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ।

मित्रलालको राजनीतिक यात्रा भने २०३५ सालमा वडा सदस्यमा निर्वाचित भएसँगै शुरुवात भएको हो । २०४३ सालमा उनी जनपक्षीय प्रधानपञ्च समेत बने । २०४७ सालमा नेकपा एमाले पार्टीको सदस्य बनेका उनी २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भए । २०४९ सालमा जिल्ला कमिटी सदस्य र २०५४ सालमा जिविस सदस्य चुनिए।

२०६२ सालमा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भएका बस्याल जिल्ला कमिटीमा लामो समयसम्म आबद्व भएर काम गरेको अनुभव छ । २०६३ सालमा अध्याँरो दक्षिण पर्वतलाई उज्यालो बनाउने अभियानका नेतृत्वकर्ता बस्याल सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघको जिल्ला अध्यक्षसमेत बने।

२०७४ सालमा किसान महासंघको केन्द्रीय सदस्य भए । २०७४ सालको स्थानीय चुनावमा पैयूँ अध्यक्ष उम्मेदवार बनेका उनी हाल किसान महासंघको केन्द्रीय लेखा आयोगको उपाध्यक्षसमेत छन्।

२०७८ सालमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुँदै सचिवालय सदस्य बने। २ वर्षअघि सांसद निर्वाचित हुँदा गएको वर्ष एमाले प्रदेश कमिटी सचिवालयमा निर्वाचित भए।

विभिन्न समयका आन्दोलनमा पटक पटक हिरासतको जीवन व्यहोराको उनीसँग अनुभव छ। सामन्तवादको विरुद्ध कडारुपमा प्रस्तुत हुने विकास निर्माणमा तल्लीन रहने बस्यालका श्रीमती, २ छोरा र ३ छोरी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending