जुम्ला । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे पन्छ्याएपछि राजमार्ग खुलेको छ । डिभिजन प्रमुख चेतनकुमार मण्डलका अनुसार मालाचौरमा आइतबार साँझबाट सडक सञ्चालनमा आएको हो ।
डिभिजन प्रमुख मण्डलले सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ तथा मालवाहक ट्रकहरु गन्तव्य तर्फ जान थालेका छन् । यही भदौ १२ गते अविरल वर्षाका कारण दही खोला, मालचौर यासमोड, मेअरखोला, गगने खोलासहितका दर्जनौ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हँदा जुम्लाबाट सुर्खेत, नेपालगन्जका लागि पठाइएका स्याउका दर्जनौ ट्रक, खाद्यन्न सामग्री साधन र यात्रुहरु अलपत्र परेका थिए ।
पाँच दिनसम्म सडक बन्द हुँदा कर्णाली राजमार्गमा झण्डै सात सय टन स्याउका ट्रक अलपत्र परेका थिए । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले सात करोड सात लाख रुपियाँको स्याउ अलपत्र भएको विपत बैठकमा जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...
जेष्ठ २७ गते, २०८३ - १६:०८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...
जेष्ठ २७ गते, २०८३ - १६:०३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठाएको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी भएको सहमतिप्रति श्र...
जेष्ठ २७ गते, २०८३ - १५:०२
काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निका...



प्रतिकृया लेख्नुहोस्: